मेस्सीले गरे पेलेको कीर्तिमान भंग , एउटै क्लबका लागि सर्वाधिक ‘६४४’ गोल पूरा

काठमाण्डाै । यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो ।

गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।

पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै गएराति भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

 

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…