ओलीका ११९९ व्यक्तिगत केन्द्रीय सदस्यलाई कानूनले चिन्दैन

काठमाडौं। नेकपाभित्र एकतिहाइ मतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो समूहको भेला गरी ११९९ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका छन्। मंगलबार बालुवाटारमा उपस्थित एकचौथाइ केन्द्रीय सदस्यहरुको भेलाले ११९९ केन्द्रीय समिति बनाउने निर्णय गरेको हो।

ओलीले आफूनिकटका जिल्ला समिति सदस्यसम्मलाई सहभागी बनाएर जम्बो केन्द्रीय समितिको घोषणा गरेका हुन्। नेकपालाई कुनै पनि निर्णय गर्न केन्द्रीय समितिमा रहेका ४४१ जना नेतामध्ये कम्तिमा २२१ जनाको बहुमत चाहिन्छ। तर, ओलीको भेलामा १२९ जनामात्र केन्द्रीय समिति मात्र सहभागी भएकाले त्यसले वैधानिक नपाउने निश्चित छ।

ओलीले बनाएका केन्द्रीय सदस्यहरुलाई नेकपाको विधान र नेपालको कानून दुवैले चिन्दैन। ओलीले अर्को पार्टी दर्ता गरेर वैधानिकता नलिएसम्म ११९९ जना नेताहरु ओलीका व्यक्तिगत केन्द्रीय सदस्य रहनेछन्।

कुनै पनि दल विभाजित भएमा विभाजित समूहले वैधानिकता पाउन कम्तिमा ४० प्रतिशत मत चाहिन्छ। तर, ओलीसँग २९.२ प्रतिशत मात्र मत भएकाले उनको नयाँ पार्टीले कानूनी वैधता पाउँदैन। त्यस्तो अवस्थामा ओलीले अर्को अध्यादेश ल्याएर आफ्नो समूहलाई वैधता दिने कोशिस गर्नेछन्।

यही कुरालाई लक्षित गर्दै नेकपाका अध्यक्ष प्रचण्डले ओलीको निर्णय अवैध र भ्रामक रहेको बताएका हुन्। केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले मनपरि ढंगले ओलीले थपेका नेताहरु अवैधानिक भएका बताएका छन्।

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…