थाइल्याण्डका राजाकी प्रेमिकाको सयौं न’ग्न फोटो ‘लिक’

थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नकी प्रेमिका सिनित वोंगवजिरापकडीको करिब एक हजार फोटो सार्वजनिक भएको छ । द टाइम्स डट को डट यूकेको रिपोर्ट अुनसार यीमध्ये धेरैजसो न’ग्न फोटो समावेश छन् ।

राजाकी श्रीमती सुथिडा र प्रेमिकाम सिनितबीच झगडाका कारण तस्बिर लिक भएको धेरैले अनुमान गरेका छन् । सुथिडा थाइल्याण्डकी रानी हुन् ।

थाइल्याण्डका राजाकी प्रेमिका सिनितको फोटो यस्तो समयमा लिक भएको छ जब उनी जेलबाट बाहिर निस्किएर राजाको नजिक पुगेकी छिन् । गत वर्ष आश्चर्यजनक रुपमा प्रेमिकालाई जेलमा बन्द गरिएको थियो । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेको थियो ।

डेली मेलको रिपोर्ट अनुसार सिनितको नग्न तस्बिर थाइल्याण्डमा राजशाहीवि’रुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ । यी तस्बिर सन् २०१२ देखि २०१४ बीच खिचिएको हो । सुनित आफैंले नै यी तस्बिर खिचेको बुझिएको छ ।

थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ । थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् ।

यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।

४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् । सुथिडा महारानी हुनुअघि थाई एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् जबकी सिनत आर्मी नर्स थिइन् ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…