चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवासमा 

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् ।

बनेपा पार्टी कार्यालयमा ओली समूहले लगायो ताला

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले बनेपास्थित नेकपा पार्टी कार्यालयमा छुट्टै ताला लगाएका छन् ।
तत्कालीन एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला हटाएर ओली समूहले अर्को ताला लगाएको हो । नेकपा जिल्ला कमिटी सदस्य कञ्चन अधिकारी, युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाईं लगायत ओली पक्षका नेता कार्यकर्ताले ताला लगाउँदै कार्यालय नछाड्ने बताए ।

तत्कालीन माओवादी केन्द्रको तर्फबाट जिल्ला अध्यक्ष रुकु चौलागाईं र तत्कालीन एमालेका तर्फबाट जिल्ला सचिव रहेका टोकबहादुर वाइवा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा अध्यक्ष र सचिवले सोमबार विज्ञप्ति निकाल्दै पार्टी निर्णयको पक्षमा उभिन अपिल गरेका थिए । आइतबार नेकपाका जनवर्गीय संगठन मोर्चाको नाममा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बनेपामा विरोध र्‍याली निकालेका थिए ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…