१२ वर्षपछि खोलो फर्कियो : माधव कुमार नेपाल पार्टीको नेतृत्वमा

काठमाडौं । नेपाली समाजमा चर्चित उखान छ, ‘१२ वर्षपछि खोलो फर्कन्छ ।’ तर, यही उखान चरितार्थ हुनेगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टीको नेतृत्वमा फर्किएका छन् ।

नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गर्दै नेपाललाई अध्यक्ष बनाएको हो ।

यसअघि नेपाल २०६५ साल फागुनसम्म तत्कालीन नेकपा एमालेको महासचिवको रुपमा नेतृत्वमा रहेका थिए । त्यसबेलाको एमालेको आठौँ महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा चयन गरेको थियो ।

प्रभु साहको असहमति

माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएका छन् ।

मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।

साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

नेकपाको वैधानिकता हामीसँगै छ : प्रचण्ड 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकनै आधिकारिक बैठक भएको बातएका छन् । प्रचण्डले आफूहरुसँग सबै आधार रहेकाले बैठक आधिकारिक भएको बताए ।

बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको भन्दै प्रचण्डले नेकपा बन्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेको स्मरणसहित अहिले ती दुबैको प्रतिनिधित्व गर्ने बहुमत सदस्य उपस्थित रहेकाले आफूहरु वैधानिक भएको दावी गरे ।

सम्बोधनको क्रममा प्रचण्डले उपाध्यक्ष बामदेव गौतम तथा सचिवालय सदस्य राम बहादुर थापा बादललाई बैठकले खोजी रहेको बताए । उनले बैठकमार्फत आधिकारिक बैठक चलिरहेकाले उपस्थित हुनपनि आग्रह गरे ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…