पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन

६ पुस, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ ।

उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड-माधवले चुनाव जितेर देखाऊ ।’ उनीहरुले सही पनि एमाले, मै पनि एमाले नारा पनि लगाएका थिए ।

अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन कदम चाल्नु बताए । युवा संघका नेता माधव बास्तोलाले देशैभरि केपी ओलीको नेतृत्वमा अर्को चुनावमा जाने बताए ।

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिए । वास्तोलाले प्रचण्ड जेल जानुको विकल्प नभएको पनि जिकिर गरे ।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायत पनि सहभागी थिए । पुस १० गते युवा संघले र्‍यालीसहित युवा भेलासमेत आयोजना गरेको छ । ‘भेलामा जनता र नेता कार्यकर्ता कसका पक्षमा छन् भन्ने प्रचण्ड माधवलाई देखाउँछौं’ बास्तोलाले भने ।

भर्खरै प्रकाशित

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…