चुनावको लागि आवश्यक सुरक्षाको तयारीमा जुट्यो प्रहरी, म्यादी भर्ना छिट्टै खोल्ने

छोटो समय र सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित र व्यवस्थित गराउन तयारी थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संघीय संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरिएपछिको नियमित सुरक्षा र घोषित चुनावको मितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावको लागि आवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरू गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए ।

‘सरकारले घोषणा गरेको चुनावलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षा सहितको पूर्व तयारी थालिसकेका छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘भइरहेका चुनौतीलाई व्यावसायिक रूपमा ट्याकल गरी समाधान गर्ने र सामान्यीकरण गर्नेतर्फ काम कारवाही भइराखेका छन् ।’

राजनीतिक गतिरोधपछि देशमा देखिएका विरोधका कार्यक्रम र गतिविधिको रोकथामको लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रहरी परिचालन भएर नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, समाधान गर्ने र व्यवस्थापन गर्ने काम गरिने एसएसपी कुँवरले बताए ।

सरकारले घोषणा गरेको चुनाव सम्पन्न गर्न सबै काम छिटोछिटो गर्नुपर्ने भएकाले छिट्टै म्यादी प्रहरीको भर्ना खोल्ने लगायत कामका लागि ‘वर्क आउट’ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । चुनावलाई लागि आवश्यक पर्ने सबै प्रकारका बन्दोबस्तीका कामहरू गर्न प्रहरीले आवश्यक योजना निर्माण गर्न थालेको छ ।

‘छोटो समयमा हुन लागेको चुनावका लागि आवश्यक पर्ने बन्दोबस्ती, म्यादी प्रहरी भर्ना लगायतका काममा हामीले वर्कआउट गरिराखेका छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘चुनाव व्यवस्थित रूपमा, भयरहित वातावरणमा, निष्पक्ष रूपमा गराउनका लागि नेपाल प्रहरी तयारी अवस्थामा छ ।’

यसपालिको चुनाव वैशाखमा भएका कारणले मौसम पनि अनुकूल हुने भएकाले साधनस्रोत व्यवस्थापन गर्न धेरै अप्ठ्यारो नहुने प्रवक्ता कुँवरले बताए । ‘वर्तमान अवस्थामा भएका स्रोतसाधनको अधिकतम उपयोग गर्ने र अतिआवश्यक स्रोतसाधनहरू नेपाल सरकारले उपलब्ध गराउने गरी चुनावलाई प्रभावकारी रूपमा सम्पन्न गराउन लागिपरेका छौं ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…