ओलीको गतिविधिले नेकपाको एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि तात्विक असर नपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीले चालेका कदमविरुद्ध सबै दल एक हुन पनि अपिल गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनको असंवैधानिक अलोकतान्त्रिक निरंकुश पश्चगामी एवं स्वेच्छाचारी कदमलाईविरुद्धमा लड्न सबैसँग अपिल समेत गरेका छन्।

कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकताका तात्विक असर नपर्ने बताउँदै उनले त्यस्तो क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा दिएका छन्।

‘जनताको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलको ऐतिहासिक कार्यभार हो। राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न म सबैलाई अपिल गर्छु,’ विज्ञप्तिमा भनिएको छ।

बादल समूहको भेलामा एक स्वर : संसद विघटन प्रतिगामी कदम हो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् ।

थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए ।

भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’ जवाफमा बादलले भने परामर्श गरेर निर्णय दिन्छु भनेको एक नेताले जानकारी दिए ।

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…