प्रचण्ड उपाध्यक्षसरहका मान्छे हुन्, मलाई कारबाही गर्ने आधार छैन : केपी ओली

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएको बताएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने बताएका थिए।

भेलामा सहभागी सांसद महेश बस्नेतका अनुसार सम्बोधनका क्रममा ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने बताए।

‘ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो। त्यो भनेको उपाध्यक्षसरहको हो। अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले भने,‘त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन।’

आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले भने आफूले पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने आजको भेलामा बताएका छन्।

उनले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गरे।

‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि!’

सरकारले गरेका राम्रा कामहरुलाई लिएर नयाँ चुनावमा जाऔँ : ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूसमर्थित सांसदहरुलाई सम्बोधन गर्दै विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको बताए ।

त्यस्तै ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप लगाएका छन् । ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन् । सरकारको काममा पनि एकपछि अर्को गर्दै अड्चन ल्याएर काम गर्नै दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी सांसद निरुदेवी पालले कान्तिपुरलाई बताइन् ।

ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान भेलामा सहभागी सांसदहरुलाई आग्रह गरेको पनि पालले जानकारी दिइन् ।

उनले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेस्र्याएर पाइला छेक्ने प्रयास भएको बताए । ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्‍यो’ प्रधानमन्त्री ओलीले भने, ‘जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘कसले काम गर्‍यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्‍यो, जनतालाई बुझाउनुपर्छ ।’

त्यस्तै भेलालाई सम्बोधन गर्दै उद्योगमन्त्री लेखराज भट्टले ओलीको नेतृत्वमा अब उदाहरणीय विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने बताएका थिए । भेलालाई पार्टीका महासचिव विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसदहरु रघुवीर महासेठ, कृष्णप्रसाद दाहाललगायत भने अनुपस्थित रहेका थिए । गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…