‘रअ’को निर्देशनमा संसद बिघटन गरेको खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री कार्यालयमा ल्याए।

प्रधानमन्त्री कार्यालयबाट समग्र सरकारको काम हेर्ने जिम्मेबारी भनिए पनि पोखरेललाई अधिकार प्रत्यायोजन गरिएन। अहिले पोखरेल विनाविभागीय उपप्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेका छन्।

पोखरेललाई हटाइएपछि हिन्दुस्तान टाइम्सलगायत भारतीय सञ्चारमाध्यमले भारतसँग सम्बन्ध सुधारका लागि ओलीले यो कदम लिएको चर्चा गरे। भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले २ जेठमा आइडिएसएद्वारा आयोजित वेबिनारमा नेपालले अर्को देशको उक्साहटमा भारतले लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा विरोध गरेको आरोप लगाएका थिए।

त्यतिवेला नरभणेको भनाइ सेनाले खण्डन गरेन, रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिएर कडा प्रतिवाद गरे।

भारतप्रति अत्यन्तै आलोचनात्मक टिप्पणी गरिएको पोखरेलको अन्तर्वार्ताको भारतीय पक्षबाट विभिन्न च्यानलमार्फत प्रधानमन्त्री ओलीलाई विरोध आयो। ओली भारतसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका थिए।

भारतसँग सम्बन्ध सुधारका लागि ओलीले भारतीय रुचिअनुसार पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पोखरेललाई रक्षा मन्त्रालयबाट पाखा लगाएको एक सातापछि भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल ५ कात्तिकमा काठमाडौं आएर ओलीसँग भेटवार्ता गरे। भारतीय वायुसेनाको विशेष विमानबाट आएका गोयलले प्रधानमन्त्री ओलीसँग राति तीनघन्टा वार्ता गरे। गोयलको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो।

नेपालमा उनको भ्रमणको विरोध भए पनि भारतले छिमेक नीतिको एउटा सरोकारवाला निकायको प्रमुखका रूपमा नेपाल पठाएको थियो। गोयल फर्केको दुई सातापछि १९ कात्तिकमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणे नेपाल भ्रमणमा आए। गोयल र नरभणेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाए।

संयोगवश गोयलको भ्रमणअघि नेकपाको आन्तरिक विवाद मिलाउन सक्रिय रहेकी चिनियाँ राजदूत होउ यान्छी त्यसपछि चुपचाप बसिन्। त्यसयता नेकपाको आन्तरिक जीवनमा चीनको चासो देखिने गरी प्रकट भएको छैन।

नरभणेपछि ११ मंसिरमा भारतीय परराष्ट्रसचिव हर्षवद्र्धन शृंगलाको भ्रमण भयो। रअ प्रमुख गोयल, सेनाध्यक्ष नरभणे, परराष्ट्रसचिव शृंगलापछि २५ मंसिरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरे।

नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवालेले प्रधानमन्त्री ओली तथा उनीनिकटका नेता, प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा तथा जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेर दिल्ली फर्किए।

उनी फर्केको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार संसद् भंग भएको छ।  नयाँपत्रिका दैनिकमा समाचार छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…