पुर्वमन्त्री वर्षमान पुनले मध्यरातमै छाडे मन्त्री क्वार्टर, घनश्याम र योगेश एउटै गाडीमा

५ पुस, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राति पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै पुनसहितका ७ मन्त्रीले दिउँसो राजीनामा दिएका थिए ।

क्वाटर छाडेपछि मन्त्री पुनले अनलाइनखबरसँग भनेका छन्, ‘मैले शान्ति मन्त्री हुँदा पनि राजीनामा दिनासाथ मन्त्रिनिवास र गाडी छाडेको थिएँ । अर्थमन्त्री हुँदा पनि त्यसैगरें । आज पनि राजीनामा दिनासाथ मन्त्रालयको गाडी छाडेर आफ्नै गाडीमा पार्टीको बैठकमा गएँ । गाडी घोडा र मन्त्री क्वार्टर छाडेर आफ्नो पुरानै डेरामा फर्किएको छु ।’

मन्त्रीबाट राजीनामा दिएपछि घनश्याम र योगेश एउटै गाडीमा

अपरान्ह ४ बजे संसद सचिवालयमा पत्रकार सम्मेलन गरि कृषि मन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेश भट्टराईले राजीनामा दिए।

उनीहरुसँगै उर्जामन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, बन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रम मन्त्री रामेश्वर रायले पनि राजीनामा दिए।

संसदको कृषि समितिको हलबाट राजीनामा दिएर आएलगत्तै उनीहरुले सरकारी गाडी चढेनन्। भुसाल र भट्टराई दुवैले एउटै निजी गाडी चढेर बालुवाटार स्थायी कमिटी बैठकमा भाग लिन गए।

दुवैले सोमबार मन्त्रि क्वार्टर पुल्चोक छोड्ने उनीहरु निकट स्रोतले जानकारी दिएको छ। कोठा पाएसम्म भोलि साँझसम्म पुल्चोक छोड्ने उनीहरुको तयारी छ।

बाघको छालामा स्यालको रजाइँ गरेका थिए, ओली र भण्डारीलाई बधाई : रामकुमारी झाँक्री

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद एवम् केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संसद विघटनको निर्णयले कम्युनिष्ट आन्दोलन समाप्त भएको टिप्पणी गरेकी छिन्।

ट्विटरमा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई व्यङ्ग गर्दै बधाई दिएकी छिन्।

झाँक्रीले लेखेकी छिन् – ‘आउनुस् लोकतान्त्रिक गणतन्त्रको लागि एक पटक फेरी लडौं। केपी ओली र विधा भण्डारीलाई बघाई दिउ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा। यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले। बधाई छ विधा र केपी ओलीलाई।’

आउनुस लोकतान्त्रिक गणतन्त्रको लागि एक पटक फेरी लडौं।
केपी ओली र विधा भण्डारीलाई बघाई दिउ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…