संसद् विघटनबारे अन्तिममा आयो गोकुल बाँस्कोटाको यस्तो प्रतिक्रिया

काठमाडौँ । नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बाध्यात्मक अवस्थाले नै प्रधानमन्त्रीले संसद् विघटनको निर्णय गरेको बताएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको घेराबन्दीका कारण प्रधानमन्त्री संसद् विघटनको निर्णयमा पुगेको बाँस्कोटाले बताए । सरकारले संसद् विघटन गरेर कुनै गल्ती नगरेको उनको दाबी छ ।

‘संसद् विघटन के ठूलो कुरा भयो र ! लोकतन्त्र खोसिएको भएपो ! जनताले नै फैसला लिने निर्णय गर्दा लोकतन्त्र झन् बलियो हुन्छ । केही गठजोडबाट जनताले चुनेका प्रधानमन्त्रीलाई हट् भन्ने ?,’ बाँस्कोटाले भने, ‘कोठाभित्र थुनेर दनादन कुट्न थालेपछि घाँटी न्याकिदिएको हो ।

तर लोकतन्त्र न्याकेको छैन । प्रजातन्त्र न्याकेको छैन । जनतातिर नै फर्काइदिएको छ । अब चुनावबाट जितेर आउने, प्रधानमन्त्री, राष्ट्रपति हुने ।’

राजनीतिलाई षड्यन्त्रको भाँडो बनाएपछि डेमोक्रेटिभ लिडरले गर्न पर्ने काम गरिदिएको नेता बाँस्कोटाले बताए ।

‘राजनीतिलाई षड्यन्त्रको भाँडो बनाएपछि डेमोक्रेटिभ लिडरले गर्न पर्ने काम गर्नुभयो । उनीहरुले बलिङ गरेर हैरान पारे । प्रधानमन्त्रीले ब्याटिङ गर्नुभयो । बल अब जनताको कोर्टमा गयो । जे गर्छन् जनताले गर्छन्,’ बाँस्कोटाले भने ।

संयुक्तरुपमा विरोध गर्ने तीन दलको निर्णय

सरकारले संसद् विघटन गरेपछि नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो । त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने । सबै उपायहरुद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आजको अनौपचारिक बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रुपमा तीन दल विरोधमा उत्रन सहमत भएको बताए । उनले सोमबार सर्वदलीय बैठक आह्वान गरी विरोधका विषय ठोस निर्णय लिइने पनि कान्तिपुरसँग बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपा नेताहरुको पहलमा तीन दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो । उक्त बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, देव गुरुङ र जनार्दन शर्मा सहभागी थिए ।

कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो बैठकमा सहभागी थिए ।

 

 

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…