प्रधानमन्त्रीले आफू समर्थक सांसदलाई सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाए

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थक सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् ।

विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन र आगामी रणनीति तयार गर्न ओलीले आफू पक्षधर सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए ।

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार आफ्नो कदमको समर्थनमा को–को छन् भन्ने बुझ्नका लागि पनि ओलीले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् ।

सो बैठकमा ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफ्ना पक्षधर सांसदहरूलाई बोलाएका छन् ।

नेकपाका कुन नेता कुन खेमामा ?

नेकपामा अहिले केन्द्रदेखि जिल्लासम्म नेता कार्यकर्ता विभाजित भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावको मिति घोषणा भएको छ । यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका नेता कार्यकर्ता पनि सरकारले चालेको कदम प्रति विभाजित भएका छन् ।

संसद विघटन गरि मध्यावधि चुनावको मिति घोषणा गरेपछि जिल्लाका अधिकांश नेताहरु प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेको नेकपा जिल्ला अध्यक्ष मीन बहादुर कुँवरले बताए ।

केन्द्रिय सदस्य एवंम विघटित प्रतिनिधि सभाका सदस्य भैरव बहादुर सिंह सरकारको यो कदमको विपक्षमा उभिएका छन । सिहं नेकपाका उपाध्यक्ष बामदेब निकट मानिन्छन् । अर्का केन्द्रिय सदस्य देवराज रेग्मी र नेकपा सुदूरपश्चिम प्रदेशका सहईन्चार्ज एंवम नेकपाका केन्द्रिय सदस्य भानुभक्त जोशी पनि प्रधानमन्त्रीले चालेको कदमको विपक्षमा नै छन ।

त्यस्तै जिल्ला अध्यक्ष मीन बहादुर कुँवर र संविधान सभा सदस्य जनक बुढा पनि प्रधानमन्त्रीको कदमको विरुद्धमा छन् । उनीहरु नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल खेमामा उभिएका छन् ।

प्रतिनिधि सभाका सदस्य आशा विक, संविधान सभा सदस्य अफिलाल ओखेडा र संविधान सभा सदस्य मानप्रसाद खत्री प्रधानमन्त्री केपी ओली खेमा उभिएका छन् । खत्रीलाई समावेशी आयोगका अध्यक्षमा सरकारले नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख एवंम बझाङ जिल्ला क क्षेत्रका सांसद अर्जुन थापापनि सरकारले चालेको कदम प्रति सहमत छैनन् । उनि भीम रावल निकट मानिन्छन् । यसैगरि प्रदेश ख क्षेत्रकी सांसद दबेकी मल्ल सरकारले चालेको कदम ठिक नभएकोमा खेमामा छिन् । प्रदेश सांसद माया तामाङ र शान्ति नेपाली पनि प्रधानमन्त्रीको गरेको कार्यमा असन्तुष्ट छिन् ।

उनीहरु प्रचण्ड माधव खेमाको रुपमा चिनिछिन् । त्यसैगरी अर्का संविधान सभा सदस्य एलबी रावल प्रचण्ड माधव खेमा लागेका छन । उनी भिम रावल निकटका नेता मानिन्छन् ।

अर्का सबिधान सदस्य जनक बुढा पनि सरकारको कदमको बिरुद्धमा छन भने जिल्ला पार्टी सचिब दमन भण्डारी प्रचण्ड माधव खेमा छन् । यस जिल्लामा १२ स्थानिय तह मध्ये ८ वटा स्थानिय तहमा नेकपाले जितेको थियो । जय पृथ्वी नगरपालिका प्रमुख विरेन्द्र खड्का र उपप्रमुख जुना जाग्री पनि प्रधानमन्त्रीले चालेको कदम प्रति असन्तुष्ट छन् ।

 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…