जब आफ्नै मन्त्रीले मानेनन् प्रचण्डको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयसँग विमति राख्दै राजीनामा दिएका सात मन्त्रीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्ना सुझाव नमानेको तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनको सिफारिस नगर्न सुझाव दिँदा पनि ओलीले अटेर गर्दै संविधानविपरित कार्य गरेको उनीहरुको आरोप छ ।

यी मन्त्रीसमेत पूर्व माओवादी तर्फका सबै मन्त्रीलाई राजीनामा दिन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशन पूरा पालना नभएको समाचार सूत्रले बताएको छ ।

प्रचण्डले अर्का नेता माधवकुमार नेपालसँग परामर्श गरी उनीहरु निकट मानिएका सबै मन्त्रीलाई मन्त्री परिषदबाट निस्कन निर्देशन दिएका थिए । तर त्यो निर्देशन आंशिक रुपमा मात्रै पालना भएको देखिएको छ ।

पूर्व माओवादी तर्फका गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, रामेश्वरराय यादव र बिना मगरले मात्र राजीनामा दिएका छन् । तर गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट सहितका अरुले प्रचण्डको निर्देशन पालना नगरेको देखिएको छ ।

यसैगरी पूर्व एमालेका पनि माधव नेपाल निकट मानिएका घनश्यामा भूसाल र योगेश भट्टराईले मात्र राजीनामा दिएका छन् ।

सत मन्त्रीले राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा भनिएको छ, “प्रतिनिधिसभाको विघटनको प्रस्तावलाई रोक्न हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ ।

गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर अहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा दिएका छौँ ।”

मुलुकको राजनीति र पार्टीमाथि आइपरेको यो अकल्पनीय स्ङ्कटको अवस्थामा नेपाली जनताको त्याग र बलिदानबाट आर्जिएका राजनीतिक उपलब्धि र पार्टी एकतालाई बचाउन आफूहरु सधैँ झैँ प्रतिबद्ध र सक्रिय रहने उनीहरुको भनाइ छ ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…