ओलीको संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन : वामदेव गौतम

कान्तिपुरसँगको छोटो प्रक्रियामा नेता गौतमले भने, ‘संसद् विघटनको सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’

आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको थियो । सोही सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगेका थिए ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

ओलीको कदम संविधानविपरीत, राष्ट्रपतिले नरोके सर्वोच्च जान्छौं : खाँण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव राष्ट्रपतिले नरोके सर्वोच्च अदालत जाने बताएका छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पुगेको मन्त्रीहरूलाई जानकारी गराएका थिए । प्रतिनिधिसभा विघटनको प्रस्ताव लिएर ओली राष्ट्रपतिकहाँ गएका छन् । उक्त प्रस्तावको चौतर्फी विरोध भइरहेको छ ।

सोही विषयमा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिसभामा प्रमुख सचेतक खाँणले भने, ‘प्रधानमन्त्रीको कदम असंवैधानिक भनेका छौं । असंवैधानिक कदमलाई सच्याउन राष्ट्रपति र सरोकारवाला निकाय गम्भीर बन्नुपर्छ । सरकारले विधिको शासन तोडमोड गर्‍यो, संविधानको प्रतिकूलतामा गर्‍यो भने सर्वोच्च अदालतको विकल्पमा जान्छौं ।’

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा छाप लगाउने भूमिकाबाट माथि उठ्नुपर्ने खाँणको आग्रह छ । ‘राष्ट्रपति संविधानको पालक र रक्षक हो । प्रधानमन्त्री ओलीका असंवैधानिक सिफारिस फर्काउने, रोक्ने भन्दापनि छाप लगाएर उहाँले आफूलाई ओलीको पक्षमा उभ्याउनुभएको छ । सिंगो मुलुकको राष्ट्रपति भन्दा पनि ओलीको सहयोगीको भूमिका निभाउनुभएको छ । राष्ट्रपतिलाई आग्रह छ संसद विघटनको प्रस्ताव स्वीकृत नगर्नुस्, फर्काउनुस् ।’

प्रधानमन्त्रीबाट ओलीले राजीनामा नगरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको खाँणको भनाइ छ । ‘प्रधानमन्त्रीले संसद् भंग गर्ने प्रस्ताव असंवैधानिक छ ।

अहिलेको संविधानले प्रतिनिधिसभाबाट नयाँ प्रधानमन्त्रीको निर्वाचन नै गर्न सकिएन भने नयाँ चुनाव गराउने व्यवस्था गरेको छ । अहिले प्रधानमन्त्री ओलीसँग आफ्नो पार्टीको विश्वास पनि रहेन, सदनको पनि विश्वास रहेन ।

यस्तो अवस्थामा उहाँले प्रतिनिधिसभा भंग गरेर हुने होइन,’ उनले थपे, ‘चुनाव गराउने संविधानले अधिकार दिएको छैन । प्रतिनिधिसभालाई नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने थियो । ओलीले राजीनामा दिएर उहाँकै पार्टीको अर्को मान्छे प्रधानमन्त्री हुन्थ्यो ।’

प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै ओलीले संविधानविपरीत काम गर्दै गएको र अहिलेको अवस्था चरम सीमामा पुगेको खाँणको भनाइ छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…