नयाँ नक्सा रोक्न पुस्तौं पूस्तालाई पुग्ने पैसाको प्रस्ताव आए : भूमिमन्त्री अर्याल

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफुले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन् ।

काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

‘नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनोैतीपुर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने प्रस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन्, ‘तर म डगमगाईन, कुनैपनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडि बढे। नडगमगाइकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ।’

भूमी व्यवस्था मन्त्रालयलाई विगतमा ‘लो क्वालिटि’को मन्त्रालयका रुपमा बुझिदै आएको भन्दै उनले त्यहीबाट सबैभन्दा महत्वपूर्ण र राष्ट्रिय महत्वको काम गर्नूपर्छ भन्ने संकल्प गरेर काम खोजेर आफु अगाडि बढेको बताइन्।

मन्त्री अर्यालले भनिन्, ‘गर्न सकिने ठाउँ रहेछ, तथ्य प्रमाण रहेछ भनेर अगाडि बढ्यौ। यो त युगसम्म रहने कुरा नेपालको नक्सालाई अद्यावधिक गर्दै विगतमा छुटाईको जमिन सहित समेटेको नक्सा ल्यायौं। यो निकै महत्वपूर्ण कुरा हो।’

सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपुर्ण कार्य रहेको भन्दै उनले यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसकेपनी विश्वमा नेपालको सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएको बताइन्।

आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उनले वैज्ञानिक भूमी व्यवस्थापनका निम्ती अव्यवस्थित बसोबासीको पनि व्यवस्थापन पहिलो शर्त हो भन्ने मान्यताका साथ भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताइन्।

हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै मन्त्री अर्यालले पहुँचमा बसेका ठूला मान्छेहरुकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको बताइन्।

‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘सकारात्मक आलोचनाबाट डराउनुप पर्दैन। यसलाई म सकारात्मक रुपमा नै लिन्छु। सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…