ओली खुमलटार गएर प्रचण्डको पुच्छर बन्नुभएछ : भीम रावल

काठमाडौं, ४ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री ओली पनि प्रचण्ड निवास पुगेकोमा प्रसङ्ग निकाल्दै सहमतिका लागि प्रयास गर्नु राम्रो भएको बताएका छन्। रावलले ट्वीट गर्दै आफूहरु खुमलटार जाँदा प्रचण्डको पुच्छर भएको भन्ने ओलीले अब के गर्छन् भन्ने प्रश्न पनि गरेका छन्।

रावलले लेखेका छन् – बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।

यसअघि प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारलाई गुटको मुख्यालय भन्दै खुमलटार जानेहरुलाई पुच्छरको संज्ञा दिएका थिए। रावलले ओली र उनीसर्मथक नेताहरुप्रति कटाक्ष गर्दै ओली नै खुमलटार पुगेपछि त अरुलाई पुच्छर नभन्लान् नि भन्दै व्यंग गरेका हुन्।

रावलले नेताहरुबिच कुराकानी हुनु र सहमति खोज्नु राम्रो कुरा भएको लेखेका छन्। उनले सहमति नभए नेताहरुले विधि र प्रक्रियामार्फत् समाधान खोज्न तयार हुनुपर्ने पनि उनले उल्लेख गरेका छन्।

नेकपाको आइतबार बस्ने स्थायी समितिको बैठकको पूर्वसन्ध्यामा ओलीले सहमतिका लागि भन्दै नेताहरुलाई भेट्न थालेका हुन्। सबैतिरबाट कर्नरमा परेपछि स्थायी समिति बैठक पर धकेल्न र नेताहरुलाई अल्मलाउन ओलीले अर्को जुक्ति निकाल्न थालेको नेताहरुले आशंका व्यक्त गरेका छन्। खुमलटारबाट फर्किएपछि ओली पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा पुगेका थिए।

गत बुधबार बसेको पार्टी स्थायी समिति बैठकले मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिए पनि अहिलेसम्म अध्यादेश फिर्ता भएको छैन। स्थायी समिति बैठकको सर्वसम्मत निर्णय लागू नगरेर ओलीले त्यसलाई ‘बार्गेनिङ टुल्स्’ बनाएका छन्। ओलीले प्रष्ट भाषामा अध्यादेश फिर्ता गर्दिनँ नभने पनि यसलाई राजनीतिक हतियार बनाउन खोजेको नेताहरुको विश्लेषण छ।

शनिबार बिहान खुमलटार पुगेर पनि ओलीले पूरानै कुरा दोहोर्‍याएका छन्। उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई आफूमाथि लगाएको अभियोगसहितको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। प्रस्ताव फिर्ता लिन प्रचण्डले इन्कार गरेपछि ओली गृहमन्त्री निवास पुगेका थिए।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…