जब जनकपुर जान विमान चढेका यात्रु पोखरा पुगे…

काठमाडौं । शुक्रबार अपरान्ह करिब ४ बजे पोखरा विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज अवतरण गर्‍यो । त्यसपछि विमानमा सवार यात्रु तीनछक परे, उनीहरू काठमाडौंबाट जनकपुर जान भनेर विमान चढेका थिए । आफू चढेको जहाज पोखरा अवतरण भएको थाहा पाएपछि उनीहरू अलमलमा परे । आखिर के भयो ? किन भयो ?

पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँका अनुसार जहाज पोखरा विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यात्रुले आफूहरु जनकपुर नभइ पोखरा आएको पत्तो पाएका थिए ।

सामान्यतयाः आकासमा कुनै प्राविधिक गडबडी भएमा, जनकपुरको मौसम सफा नभएमा अवतरण हुन नसकी विकल्प खोज्नु सामान्य हो । तर, शुक्रबार त्यस्तो कुनै अवस्था थिएन । गुरागाइँ भन्छन्, सेफ्टिका कारण जहाज पोखरा आएकै होइन।

भएको चाँहि के हो त ?

विमानस्थलस्रोतका अनुसार त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङमा कम्पनीबाटै खटिएका कर्मचारीको कमजोरीले यस्तो हुन पुग्यो । बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाई पोखरा उडानको अनुमति दिए ।

तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो । यसको सुइँको चालक दलले पनि पाएन ।

हरेक उडानको शुरु र अन्तिममा पाइलट र एयर होस्टेसले गन्तब्यबारे जानकारी दिन्छन् । यो उडानका दौरान पक्कै पनि उनीहरुले त्यो जानकारी दिएका हुनसक्छन्। विमान पोखरा पुग्दासम्म पाइलट र एयरहोस्टेसको ‘एनाउन्समेन्ट’मा यात्रुले किन प्रतिक्रिया दिएननन् त ? यो विषय भने अचम्म लाग्दो भएको विमानस्थलका प्रमुख गुरागाइँ पनि बताउँछन्।

काठमाडौं विमानस्थलबाट पोखराकै लागि निर्धारित उडान भएका कारण पाइलटको समेत यो उडानमा गल्ति नदेखिएको विमानस्थल स्रोतको भनाइ छ । यद्यपि यस विषयमा छानबिन हुने काठमाडौं विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

पोखरा विमानस्थलका प्रमुख गुरागाइँका अनुसार जनकपुरका यात्रु बोकेर पोखरा पुगेको जहाजलाइ इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएको छ । जहाजले जनकपुरमा सफल अवतरण गरेको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…