यी हुन् मासिक २० हजार किस्ता तिर्न सक्नेले चढ्न सक्ने साना कार

काठमाडौं । नेपालमा सामान्य मानिसले चढ्न सक्ने कार नै उपलब्ध छैन भन्दा हुन्छ । कारमा रहने फिचर र टेक्नोलोजीले विश्वमा नाम कहलिएका गाडी धेरै धनी मानिसको पनि पहुँच बाहिर रहेको छ । यस्तोमा सामान्य कमाई हुने नेपालीले कार चढ्न सक्ने कुरै भएन ।

नेपालमा सरकारले लगाउने उच्च कर र सामान्य कमाई हुने मानिसले बैंकबाट कर्जा समेत सहजै पाउन सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले गाडी कर्जालाई हरेक वर्ष कडाई गर्दै लगेको छ । कुनैपनि मानिसले अटो कर्जा आफ्नो मासिक आम्दानीको ५० प्रतिशत भन्दा कम रकमले किस्ता तिर्न पुग्नु पर्ने नियम बनाएको छ । यसले कर्जा लिन नै कठिनाई भएको ग्राहकहरुले गुनासो गर्ने गरेका छन् ।

अहिले बजारमा वार्षिक व्याजदर ९ प्रतिशत हाराहारीमा पाउन सकिन्छ भने यस्तो कर्जा ७ देखि ८ वर्षसम्मलाई पाउन सकिन्छ । २५ लाखभन्दा कम मूल्यमा बजारमा किन्न पाइने कार ७ वर्षे अवधिको लागि फाइनान्स गर्ने हो भने ग्राहकले २० हजार रुपैयाँ मासिक किस्ता तिर्दा पुग्ने छ ।

अहिले बजारमा मासिक किस्ता २० हजारभन्दा कम तिर्नेगरि विभिन्न कम्पनीले बिक्री गर्ने इन्ट्री लेवल ह्याचव्याक कारहरु खरिद गर्न सकिन्छ । मारुती सुजुकी अल्टो, सेलेरियो, वागेनआर जस्ता मोडलको मूल्य २५ लाख हाराहारी पर्ने हुन्दा यी कार किन्दा २० हजारभन्दा कम मासिक किस्ता तिर्दा पुग्ने छ ।

हुन्डाई सेन्ट्रो पनि कम मासिक किस्तामा किन्न सकिने कार हो । कम्पनीले यसको सुरुवाती मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यसैले यसको मासिक किस्ता २० हजारभन्दा कम पर्ने छ ।

डाट्सन रेडी गो फेसलिफ्ट अर्को २० हजार भन्दा कम मूल्यमा किन्न सकिने कार हो । यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री हुँदै आएको छ ।

रेनो क्वीड फेसलिफ्टको नेपालमा बिक्री सुरु भएको छ । यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैले यसको मासिक किस्ता पनि २० हजारभन्दा कम पर्न आउँछ ।

टाटा टियागोको इन्ट्री लेवल भेरियन्ट पनि २० हजार मासिक किस्ता भन्दा कममा किन्न सकिने कार हो । कम्पनीले टियागोको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ मूल्य राखेर बिक्री वितरण गर्दै आएको छ । मेरोअटोबाट  

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…