कुन दिन जेल जानुपर्ने हो ठेगानै छैन : देव गुरु

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

पूर्व माओवादी पार्टीका करिब सात हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्व’न्द्वकालका करिब चारसय मु’द्धा बाँकी रहेकाले कुन बेला जेल जानुपर्ने हो ठेगान नभएको गुरुङले बताए ।

‘द्व’न्द्वकालका मुद्धा हल हुन दिइएको छैन, अझै सात हजार नेता–कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै छन्’–बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन ।’

नेता गुरुङले नेपालमा विदेशी हस्तक्षेप र प्रभुत्व बढेको र फुटाऊ र शासन गर नीति अनुसार नेपाललाई अस्थिर बनाइराख्ने खेल भइरहेको तर्क गरे । ‘विदेशी हस्तक्षेप रोक्न नसके मुलुक अफगानिस्तान, सिरिया र सिक्किम हुनसक्छ, विदेशी सैनिकको क्रिडास्थल बन्नसक्छ’–गुरुङले भने ।

अर्को प्रसंगमा उनले पार्टीमा मतभेद हुनेवित्तिकै फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताए । प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नु यदुवंशी प्रवृत्ति भएको उनले औंल्याए ।

‘मेरो राजीनामा माग्नु व्यक्तिगत मामिला हैन, पार्टीले संस्थागत निर्णय गरेर आउनुपर्नेमा त्यो नहुनु चिन्तनमा गम्भीर विचलन हो’, गुरुङले भने–‘यस्तो विचलनले दुर्घटना निम्तिन सक्छ ।’

आफूलाई प्रमुख सचेतक पद कसैको व्यक्तिगत चाहनाले नभई पार्टीले संस्थागत निर्णय गरेर दिएको भन्दै गुरुङले पार्टीको निर्णयविना राजीनामा नदिने स्पष्ट पारे ।

स्वर्गीय शुकदेव गुरुङलाई शहीद घोषणा गर्न दवाव दिन शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले आयोजना गरेको अन्तर्क्रियामा नेकपा प्रमुख सचेतक गुरुङले शुकदेवलाई शहीद घोषणा गर्नुपर्ने बताए ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…