अभिनेत्री एलिजा गौतमको नयाँ अभियान : देशका प्रत्येक जिल्लामा १०-१० वटा घर बनाइदिने

अभिनेत्री तथा मोडल एलिजा गौतमले नयाँ अभियान सुरू गर्ने बताएकी छन्। उनले देशका प्रत्येक जिल्लाका विकट गाउँमा १०/१० घर बनाइदिने बताएकी हुन्।

बेलाबेलामा सामाजिक सेवामा लागेकी उनले यस पटक भने केही ठूलो र दिगो काम गर्ने योजनासँगै उक्त निर्णय लिएको बताइन्।

‘गर्ने नै भएपछि दिगो काम गरौं भन्ने भयो। त्यसैले यो निर्णय लिएँ,’ एलिजाले सेतोपाटीलाई भनिन्।

उनले यी घर गरिब, असहाय र विपन्नहरूका लागि बनाउने भएकी हुन्। ७७ वटै जिल्लाका गाउँ/ठाउँ रोज्दा त्यहाँका प्रतिनिधिसँग छलफल गरेरै क-कसलाई घर बनाइदिने भन्ने तय हुने उनले जानकारी दिइन्।

एलिजाले यो कामको सुरू चैत ११ गतेदेखि गर्दैछिन् जुन दिन उनको जन्मदिन समेत हो।

तत्काल धादिङको एक विकट गाउँबाट यो अभियान सुरू गर्ने एलिजाले बताइन्। यसमा उनलाई अन्य व्यक्तिले पनि सहयोग गर्ने उनले जानकारी गराइन्।

‘यो एक्लैले गर्न सक्ने काम होइन। त्यसैले टोली विस्तार हुँदैछ,’ उनले भनिन्।

लकडाउन यता एलिजा म्युजिक भिडि‌ओमा सक्रिय देखिन्छिन्। उनको अभिनय तथा प्रस्तुति रहेको ‘हे माया’, ‘आँटो पिठो’, ‘आधी कपाल’ जस्ता म्युजिक भिडिओ लकडाउनपछि नै सार्वजनिक भएका हुन्।

सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्म ‘अनुराग’मा अभिनयसँगै एलिजाले नेपाली कला क्षेत्रमा प्रवेश गरेकी हुन्।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…