सहमति गरेको भोलिपल्टै प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपामा खैलाबैला

२ पुस, काठमाडौं । अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हल्लीखल्ली मच्चिएको छ ।

सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो । तर पार्टीभित्र चर्को विरोध हुनुका साथै संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु शीतल निवास पुगेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।

बुधबार नेकपा शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने सहमत भए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहीबार ५ बजे परिषदको बैठक राखिएको भन्दै प्रधानमन्त्रीको सचिवालयबाट सदस्यहरुलाई फोन गरिएको छ । औपतचारिक पत्र भने गएको छैन ।

यसले नेकपामा हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री सहमति विपरित अगाडि बढ्न खोजेको त होइन भन्ने नेताहरुको आशंका छ । प्रधानमन्त्री निकट नेताहरुले भने यसअघिकै बैठकको निरन्तरता स्वरुप अनौपचारिक छलफलका लागि बैठक बोलाएको तर्क गरेका छन् ।

परिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने तय भएको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…