प्रधानमन्त्रीको प्रस्ताव : अब बामदेवलाई प्रधानमन्त्री बनाऔं

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन्।

स्थायी कमिटीको बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब बामदेवको पालो आउने बताएका थिए।

नेकपामा विवाद चर्किदै गर्दा प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउँदै आएका छन्।

आजको बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्री नछाड्ने समेत बताएका थिए।

आफूले प्रधानमन्त्री छोड्न परे नयाँ पुस्तालाई मात्र हस्तान्तरण गर्ने उनको अडान छ। त्यसक्रममा ओलीले बामदेव तर्फ हेर्दै संकेत गरेका हुन।

प्रधानमन्त्री ओलीले यसअघि गत वैशाखमा पनि आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।

तर यसलाई अर्को पक्षले प्रधानमन्त्री ओलीले अल्झाउन फालेको कार्डमा रुपमा लिने गरेका छन्।

संघीय संसदको बैठक तुरुन्त बोलाउन जसपाको माग

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी ल्याएको अध्यादेश खारेजीको माग गरेको छ।

सो पार्टीका अध्यक्षद्धयले एक विज्ञप्ति मार्फत उक्त कदमको भत्सर्ना गर्दै अध्यादेश फिर्ता लिनुपर्ने र संघीय संसदको बैठक तुरून्त बोलाउनुपर्ने माग गरेको छ।

‘यसले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसद्लाई नै उपेक्षा गरी विधिको शासन विपरीत षडयन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको छ’, बुधबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अध्यादेश ल्याउने सरकारको कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको जसपाको ठहर छ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…