चिज सही दिशामा जान्छ : योगेश

जटिल अवस्थामा पुगेको नेकपाको विवाद समाधानउन्मुख भएको संकेत नेकपाका प्रभावशाली नेताहरूले गरेका छन् ।

बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रभावशाली नेताहरू योगेश भट्टराई र जनार्दन शर्माले बैठक सकारात्मक ढंगले अगाडि बढेको बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

उक्त निर्णयपछि संसद्को विशेष अधिवेशन बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको तयारी पनि रोकिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य भट्टराईले चिज सही दिशामा जान लागेको प्रतिक्रिया दिएका छन् ।

‘बुधवार राम्रो बार भन्ने भनाइ छ नि ! आज धेरै राम्रो भयो ! अब चिज सही दिशामा जान्छ, लानुपर्छ,’ बैठकपछि सामाजिक सञ्जाल ट्विटरमा योगेशले लेखेका छन् ।

पूर्वमाओवादी खेमाका प्रभावशाली नेता शर्माले ५ गतेदेखि सकारात्मक छलफल हुने उल्लेख गरेका छन् ।

‘आजको स्थायी समितिको बैठकले अध्यादेश र संसदको विशेष अधिवेशन आह्वान माग गरेको निवेदन फिर्ता गर्ने निर्णय गरेको छ । बाँकी प्रस्तावबारे समग्र परिस्थितिलाई ध्यानमा राखी सकारात्मक ढंगले ५ गतेदेखि छलफल हुने छ,’ शर्माले बुधवार साँझ ट्विटरमा लेखेका छन् ।

विगतमा स्थायी कमिटी बैठकमा अनुपस्थित भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा उपस्थित भएका थिए । बैठकअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीले दुईपटक छलफल गरेका थिए ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरुद्ध पेश गरेको प्रस्तावपछि उत्कर्षमा पुगेको नेकपा विवाद मत्थर हुने संकेत देखिएको छ । बुधवार दुई अध्यक्षबीच एकले अर्काविरुद्ध लगाएको आरोप फिर्ता गर्ने सहमति भएको बालुवाटार स्रोतको दाबी छ ।

नेकपा स्थायी कमिटी बैठक पुस ५ गते बस्ने तय भएको छ । ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक भने पुस १० गते शुरू हुने भएको छ ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…