प्रचण्ड सचिवालयको स्पष्टोक्ति : अध्यादेश फिर्ता र हस्ताक्षर स्थगनबाहेक सहमति भएको छैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग दुई विषयमा मात्र सहमति भएको प्रष्ट पारेको छ।

प्रचण्डको निजी सचिवालयकी गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओली र प्रचण्डसँग सरकारले हालै ल्याएको विधेयक फिर्ता गर्ने सहमति भएको प्रष्ट पारेकी हुन्।

यस्तै प्रचण्ड-माधवकुमार नेपाल समूहले संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउने प्रक्रिया पनि स्थगित गर्ने सहमति भएको पनि दाहालको स्टाटसमा लेखिएको छ।

‘यी दुईबाहेक कुनै पनि सहमति भएको छैन,’ गंगाको स्टाटसमा लेखिएको छ। यसअघि पार्टीका सबै विवाद समाधान भएको भन्ने विषय सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले प्रष्ट पारेको हो।

प्रधानमन्त्री ओलीसमेत सहभागी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले संवैधानिक निकायमा लामो समय रिक्त राख्नुहुन्न भन्ने सरकारालाई लागेकाले अध्यादेश ल्याएर नियुक्ति प्रक्रिया अघि बढाउन चाहेको बताएका प्रष्टीकरण पेस गरेका थिए।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…