नेकपामा ‘आइसब्रेक’ : एक-अर्कालाई लगाएको आरोपपत्र फिर्ता लिन पनि सहमत

काठमाडौं । नेकपामा अचानक चमत्कार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याउनुभएको आरोपपत्र फिर्ता हुने भएको छ ।

आरोपपत्र बाहेकका अन्य बवण्डरमा पनि सहमति भएको छ । प्रचण्ड–माधव खेमा मंगलबार बिहानको अवस्थामा फर्कन तयार भएको छ । उता प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार बिहानको अवस्थामा फर्कन तयार हुनुभएको छ ।

प्रचण्ड–माधव खेमाले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउने प्रयास गरेको थियो । त्यस्तो अधिवेशन नबोलाउने र प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने सहमति भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को बैठक बहिष्कार गरेपछि परिषद्को कार्यविधि संशोधन गर्न प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुभएको थियो । त्यसपछि राजनीतिक बवण्डर सुरु भएको थियो ।

आजको दिनबाट नेकपामा ‘आइसब्रेक’ भएको ठानिएको छ । तर, प्रचण्ड–माधव समूहले सरकार विरुद्धको अभियान भने जारी राख्ने भएको छ । ‘आज दिनभरी बालुवाटारमा विभिन्न नेताहरु बीच क्रश वार्ता भयो, अब स्थिति सुधारिन्छ’– स्थायी समितिका एक सदस्यले सनराइज खबरलाई बताए ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…