नाराणयकाजीको चरित्र हत्या गर्नेहरुलाई प्रधानमन्त्रीले दिए कुकुरको संज्ञा !

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणकाजी श्रेष्ठको चरित्र हत्या गर्ने भिडलाई कुकुरको संज्ञा दिएका छन् । नारायणकाजी श्रेष्ठ र उनकी स्वकिय सचिव सुसन कर्माचार्यका बारेमा सामजिक सञ्जालमा व्यापक चरित्रहत्या गरेपछि सुसन र उनका श्रीमान लक्ष्मण कृष्ण राजभण्डारी प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

स्वकिय सचिव सुसन कर्मचार्य र उनका श्रीमान लक्ष्मण कृष्ण राजभण्डारीलाई एक घण्टा तिस मिनेट समय दिएर प्रधानमन्त्री ओलीले ध्यानपूर्वक कुरा सुनेका थिए । सुसन र उनका श्रीमानको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र सुसनको कुरा काट्नेहरु कुकुर भएको र कुकुर भुक्दैमा नतर्सिन ओलीले सुझाव दिएको सुसनका श्रीमान राजभण्डारीले बताएका छन् ।

कर्मचार्यका श्रीमान श्रीमतिले प्रधानमन्त्री संग जोडिएका मानिसहरुले देशव्यापी चरित्रहत्या गरेको भन्दै गुनासो गरेका छन् । नाराणणकाजी श्रैष्ठको चरित्र हत्या गर्नमा ओली समर्थकहरु नै सक्रिय रहेकोबेला ओलीले कुकुरको संज्ञा दिएपछि समर्थकहरु निराश

हेर्नुस स्टाटस

Laxman Krishna Rajbhandari :
“मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको विचमा रहेको विवादमा ने.क.पा. का प्रवक्ता श्री नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर र मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजे बाट ३:४५ सम्म, म, मेरो श्रीमती(सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्री श्री के. पि. शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौँ। प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामले यस वारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अन्लाईनहरुले जे पनि लेख्छ यसको पछी लाग्नु हुँदैन, गल्लिमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय ब्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो। हाम्रो परिवार सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ।”

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…