पाकिस्तानले बला’त्कारीलाई नपुंसक बनाउने कानुन ल्यायो

पाकिस्तानले बला’त्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो।

नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।

मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन्।

पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ। त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ।

कानुन अनुसार ब’लात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ।

लाहौर घटनापछि बन्यो नयाँ कानुन

आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामुहिक ब’ला’त्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो।

घटनाको दोश्रो दिन आफ्ना दुई सन्तानका अगाडि बलात्कृत भएकी महिला पनि घटनाका लागि केही हदसम्म दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दिएपछि पाकिस्तानभर बला’त्कारका घटनामा कडा सजायको प्रावधानसहित कानुनको चर्को माग उठेको थियो।

यध्यपी नयाँ कानुनको आलोचना पनि सुरू भएको छ।

आलोचकहरूले कानुन अत्यन्तै कडा भएको र यो तयार पार्दा सरकारी अधिकारीहरूले पर्याप्त विचार-विमर्श नगरेको भन्दै आलोचना गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले यससम्बन्धी अध्यादेशलाई गत महिना स्वीकृति दिएको थियो।

ब’लात्कारीलाई नपुंसक बनाउने कानुन बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन। विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्तो कानुन पहिला नै बनाइसकेका छन्।

त्यहाँ बालबालिका ब’लात्कार गर्ने व्यस्क मानिसलाई यो सजाय अनिवार्य छ।

पोल्यान्डले सन् २००९ मा यो कानुन बनाएको भने इन्डोनेशियाले सन् २०१६ मा बनाएको हो।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…