कांग्रेसले नयाँ रणनीति बनाउँदै : प्रधानमन्त्री र प्रधानन्यायाधीश परे धर्मसंकटमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केही समयपछि बस्ने पदाधिकारी बैठक सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई केन्द्रमा राखेर छलफल गर्न केन्द्रीत हुने बुझिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजे बस्ने बैठकमा सहभागी हुन सबै पदाधिकारीलाई खबर गरिसकिएको थाहा भएको छ ।

यता संविधानमाथि नै हस्तक्षेप गरेको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओली नैतिक रुपमै धर्मसंकटमा परेको कानूनविदहरुले टिप्पणी गरेका छन् । संविधानविद भीमार्जुन आचार्यका भनाईमा प्रधानमन्त्री ओलीले संविधानको मर्ममै खेलबाड गरेका छन् ।

संवैधानिक परिषदका सदस्य रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका सामु पनि नैतिक प्रश्न ठडिएको टिप्पणी कानून व्यवसायीहरुले गरेका छन् ।

सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याएपछिको तरंगित राजनीतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले तय गर्ने रणनीति सरकारका लागि भारी पर्न सक्ने विश्लेषण गरिँदैछ ।

संवैधानिक परिषदमा आफूखुशी नियुक्तिको मनसाय राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नौ मन्त्रीपरिषदका सदस्यहरुलाई समेत गुमराहमा राखेर अध्यादेश ल्याएको र राष्ट्रपति विद्यादेबी भण्डारीले तत्कालै जारी समेत गरेपछि राजनीतिमा ठूलै तरंग उत्पन्न भएको देखिएको छ ।

यही समयमा बस्न लागेको कांग्रेस पदाधिकारी बैठकले चर्चित अध्यादेश र ताजा राजनीतिका बारेमा पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने एकजना कांग्रेस नेताले बताए ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…