कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष, जज चकित (भिडियो सहित)

लन्डन — नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् ।

हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो क्रम दोहोर्‍याए । ‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किए ।

निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेर पस्किँदा निर्णायकहरु दंग देखिन्थे । ‘कोदोको खिरका लागि त तयारी अगाडिदेखि नै गरेको थिएँ । तर निर्णायकको रोजाइमा खरायोको डिस तत्काल बनाउन दबाब नै थियो,’ साहले कान्तिपुरसँग भने, ‘निर्णायकहरु मेरो हरेक खानामा पृथक स्वाद देखेर आश्चर्यचकित हुन्थे । नेपाली खाना पस्किएरै म अहिलेसम्म अगाडि बढिरहेको छु ।’

प्रतियोगितामा सहभागी भएर नेपाली खाना पस्कने ५ वर्ष अघिदेखिको आफ्नो सपना साकार भएकामा उनी गद्गद् छन् । ‘प्रतियोगिता जितौंला हारौंला अलग कुरा हो । तर, लाखौं नेपाली र विदेशीको मन जितिसकेको छु,’ उनले भने । भविष्यमा पनि नेपाली खाना प्रवद्र्धनमा निरन्तर लागिरहने उनको प्रण छ ।

प्रतियोगिताका हरेक चरणमा सन्तोषले नेपाली खाना नै पस्किएका छन् । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाइ अल्टिच्युड (हिमाली भेग) मा प्रचलित भेगन खाना भुटेको कांक्रोको बियां, बन तरुल, कटहरको भुटेको बिँया, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

अघिल्ला चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए ।

एकदम कडा प्रतिस्पर्धा ठानिएको फाइनल राउन्डमा ६ प्रतियोगी सामेल थिए । मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ । त्यसअघि आज बुधबार बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिने छन् ।

सिरहा कर्जन्हा निवासी साह करिब दुई दशकदेखि यो पेसामा छन् । करिब एक दशक भारतमा र सन् २०१० यता बेलायतमा निरन्तर सक्रिय सन्तोषले यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा हेड सेफ भएर काम गरिसकेका छन् ।

बेलायतमा प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफसम्मको अनुभव उनीसँग छ ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…