प्रधानमन्त्रीले अप्रत्यासित ढंगले ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्छ : नेकपा प्रवक्ता

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेश तुरुन्तै फिर्ता गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै श्रेष्ठले प्रधानमन्त्रीले अप्रत्यासित ढंगले अध्यादेश ल्याउनु गलत भएको समेत उल्लेख गरेका छन्।

‘अहिले सत्तारूढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ,’उनले भनेका छन्,’यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत छ। तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ।’

अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी नभएको र जारी गरिएपछि पार्टीमा कुनै छलफल नभएको उनले बताएका छन्।

स्थायी कमिटी बैठकमा यसबारेमा छलफल हुने अपेक्षा गर्दै उनले आफ्नो निजी विचार मात्रै राखेको स्पष्ट पारेका छन्।

आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धतासहित अध्यादेश फिर्ता हुनुपर्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धतासहित अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्।

सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ नेता नेपालले कुनै पनि निर्णय नगरिकन अध्यादेश फिर्ता हुनुपर्ने समेत बताए।

‘कसैसँग सल्लाह नगरी ल्याइएको अध्यादेश फिर्ता हुनुपर्छ।अरू कुनै निर्णय नगरी फिर्ता हुनुपर्छ,’उनले भने,’आगामी दिनमा यसखालका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउनुपर्छ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्रीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेपछि नेकपाका बहुमत सचिवालय सदस्यको बैठक बसेको थियो।

बैठकमा अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता खनाल,नेपाल,उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ थिए।

प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अध्यादेश फिर्ता लिन माग गरेको छ। बुधबार बस्ने स्थायी कमिटीमा यसबारे छलफल हुने र निर्णय गर्ने समेत पाँच नेताको तयारी छ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…