अर्को विनाशकारी अध्यादेश आउनु अघि नै संसद अधिवेसन बोला‌औं : डा.भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद अधिवेसनको माग गरेका छन्।मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि डा. भट्टराईले अर्को विनाशकारी अध्यादेश आउनु अघि नै संसद अधिवेसन बोलाउन माग गरेका हुन्।

उनले संवैधानिक परिषदलाई तीनजनाको ‘ओली परिषद’को संज्ञा समेत दिएका छन्। सरकारले एकाएक ल्याएको संवैधानिक आयोगसम्बन्धी अध्यादेशबारे टिप्पणी गर्दै डाक्टर भट्टराईले निम्छरा संवैधानिक आयोग ओली परिषद् बनेको बताएका छन्।

भट्टराईले ट्वीटमा लेखेका छन्,’ त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऔं!।’

यस्तै संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएपछि सत्तापक्षकै नेताहरुले पनि विरोध जनाएका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्यादेश तुरुन्त फिर्ता गर्नुपर्ने माग गरेका छन् भने पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले अध्यादेशले मुलुकलाई स्वच्छेचारितातर्फ धकल्ने बताएका छन् ।

यस्तै प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको भन्दै विरोध जनाएका छन्। सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनता समाजवादी पार्टी (जसपा)ले पनि गरेको छ। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानलाई मिचेको आरोप लगाएका छन्।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…