प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गरी मध्यावधि घोषणासम्मको तयारी

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । उनले राजीनामाको दबाब बढाइए कठोर कदम चाल्ने सम्मको चेतावनी दिएका छन् । यसको संकेत उनले फेरि अध्यादेश ल्याएर गरेका छन् ।

संवैधानिक निकायमा नियुक्तिका लागि पार्टीभित्रबाट असहयोग भएपछि ओलीले अध्यादेशमार्फत् ऐन नै संशोधन गराएका छन् । अब आजका लागि तय भएको संवैधानिक परिषदको बैठकले बहुमतबाट नियुक्ति गर्ने ढोका खुलेको छ । यद्यपि, अध्यादेश संसदबाट पारित गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

प्रधानमन्त्री ओलीमाथि सत्ता संकट गहिरिदै गर्दा यस्तै कठोर कदमहरु चाल्न थालेका छन् । उनले कुैपनि बेला योभन्दा कडा कदमको तयारी समेत गरेका छन् । हिउँदे अधिवेशन शुरु भइसक्नुपर्नेमा अझै बोलाउने निर्णय गरेका छैनन् ।

बरु संसदबाट ऐन संशोधनको साटो अध्यादेश धमाधम ल्याउन थालेका छन् । यसको अर्थ उनी संसदले बनाएको ऐनबाट नभई अध्यादेशबाट ऐन संशोधन गर्दै शासनमा प्रभाव जमाउन थालेका छन् ।

संसद नै ओलीका लागि चुनौती बन्न थालेको छ । कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्नेमा पनि ओली गम्भीर छन् । त्यसका लागि उनले अस्त्र पनि तयार गरेको बुझिएको छ ।

सत्ताबाट हटाउन यस्तो कठोर चुनौती आएमा संसद बिघटन गरी मध्यावधिमा जाने सम्मको ओलीको तयारी छ । आज संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याउनुको यही संकेत हो ।

झण्डै तीन वर्ष प्रधानमन्त्री भइसकेका ओलीका लागि अब बाँकी दुई वर्ष कार्यकाल हो । तर, उनले यसबीच सत्ता संकटको सामना गरिरहनुपरेको छ । उनी पार्टीभित्रबाट झेलिरहेको यो चुनौतीबाट पार पाउन संसद बिघटन गरी मध्यावधिको निर्णयसम्म जानसक्ने तयारीमा रहेको बुझिएको छ ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…