नेकपा सचिवालयका बहुमत सदस्य दाहाल निवासमा

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सत्तारुढ दलभित्रको विवाद थप चर्किएको छ।
अध्यादेशको सत्तारुढ नेकपाभित्रै तीव्र विरोध भएको छ।

सचिवालयका बहुमत सदस्यहरु नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न खुमलटार पुगेका छन्।

नेताहरूबीच अध्यादेश जारी भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे र भावी रणनीतिबारे छलफल हुने बताइएको छ।

कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच अहिले खुमलटारमा छलफल भइरहेको छ।

नेताहरुबीच अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न लागिएको दाहाल निकट स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याउने निर्णय गरेपछि विवाद चर्किएको हो।

आजै राष्ट्रपतिले सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेकी थिइन्। प्रमुख प्रतिपक्षी दलले पनि यसप्रति कडा विराेध जनाएकाे छ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…