ललिता निवास प्रकरण : विजयकुमार गच्छदारद्वारा म्याद बुझ्न अस्विकार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले म्याद बुझ्न अस्विकार गरेका छन् ।

विशेष अदालतले नौ महिना पहिले जिल्ला अदालतमार्फत जारी गरेको म्याद गच्छदारले बुझ्न नमानेका हुन् । विशेषले १९ फागुन २०७६ मा उनको नाममा म्याद जारी गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले म्याद तामेली नभएको पुष्टि गरे । उनी भन्छन्, ‘उहाँको म्याद तामेल भएको छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छादार सहित १७५ जना विरुद्ध विशेष अदालतलाई आरोपपत्र दर्ता गरेको थियो । उनले उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री भएका बेला सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने प्रस्ताव लगेका थिए ।

२०५३ साल यता मोही कायम हुँदैन । गैरकानुनी प्रस्ताव लगेर उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार समेत मिचेका थिए ।

गच्छदार मन्त्री हुँदा भौतिक योजना सचिव रहेका दिप बन्स्यान्तलाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…