मनोज गजुरेलसँग विवाह हुन लागेको हल्ला चलाउनेलाई अभिनेत्री वर्षाले दिइन् यस्तो जवाफ

अभिनेत्री वर्षा सिवाकोटीले मनोज गजुरेलसँग विवाह गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छन्।

केही अनलाइन मिडियाहरुमा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै उक्त समाचार भिजिटर बढाउनका लागि यथार्थभन्दा बाहिर गएर लेखिएको बताएकी छन्।

उनले मनोज गजुरेलप्रति आफ्नो सधैँ सम्मान रहेको बताउँदै बाटो अलग–अलग रहेको बताएकी छन्। उनले आफूहरुलाई जोडेर कुप्रचार गर्दा कसैको पनि फाइदा नहुने स्पष्ट पारेकी छन्।

उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाए राम्रो हुने सुझा समेत दिएकी छन्।

‘‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो। भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ।

पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ’, अभिनेत्री सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ।

मेरो उहाँप्रति सम्मान सधैँ उचो नै रहेको छ। हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र? कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो।’

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने…

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…