रवीन्द्र मिश्रलाई फिल्मी हिरो र मिलन पाण्डेलाई शिक्षक बन्न संग्रौलाको सुझाव

काठमाडौं : साहित्यकार तथा चिन्तक खगेन्द्र संग्रौलाले विवेकशील साझाका दुई शीर्ष नेतालाई राजनीति छाडेर अरु पेशा अपनाउन सुझाव दिएका छन्। उनले ट्विट गर्दै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्मी हिरो र संयोजक मिलन पाण्डेलाई शिक्षक पेशा सुहाउने लेखेका छन्।

सोही ट्विटमा संग्रौलाले विवेकशील साझा पार्टी वैकल्पिक पार्टी बन्नेमा आशंका व्यक्त गरेका छन्। ‘विवेकशील साझा पार्टीको न कुनै दार्शनिक मान्यता देखियो न मूर्त्त राजनीतिक कार्यदिशा। यस्तो दिग्शून्य र सुखवादी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्न असम्भव छ,मान्यवर’, संग्रौलाले लेखेका छन्।

कडा टिप्पणीका लागि परिचित संग्रौलाले विगतदेखि नै विवेकशील साझा पार्टीको कार्यशैलीप्रति टिप्पणी गर्दै आएका छन्।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…