सडक बन्द गरेर प्रदर्शन गर्नु परेकोमा माफी चाहन्छु: देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आज प्रदर्शनका क्रममा सडक केहीबेर बन्द भएकोमा माफी मागेका छन्।

रहरले नभई बाध्यताले गर्दा सडक जाम गरेर प्रदर्शनमा उत्रिनु परेको देउवाको भनाइ छ।

देउवा मकवानपुरमा भएको कार्यक्रममा सहभागी छन्। उनले प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै भने, ‘सडकमा प्रदर्शन गर्न यो सरकारले बाध्य बनाएको हो। रहरले होइन हामी सडकमा आएको। सडक जाम भएकोमा माफी चाहन्छु।’

उनले कार्यकर्ता सडकमा भेला गराएर जनतालाई दु:ख दिने कांग्रेसको इच्छा नभएको पनि बताए।

‘यो बाध्यात्मक अवस्था हो,’ उनले भने, ‘ढुंगा हान्ने, सडक बन्द गर्ने हाम्रो उद्देश्व होइन। तर आज बाध्य भएर गरिराखेका छौं, यसका लागि माफी चाहन्छौ,’ उनले भने।

उनले नेकपा सरकारबाट जनता आजित भइसकेको बताए।

नेतृत्वलाई सच्याएर काँग्रेसलाई जनताको लायक पार्टी बनाउनुपर्छः महत

नेपाली कांग्रेसका नेता डा.रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताएका छन्।

कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ।” कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो।

सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए।

उनले भने, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ।”

नेता महतले वर्तमान सरकार एमसीसी पारित गर्ने पक्षमा रहे पनि सत्तारुढ दल भित्रैको विवादले प्रकृया अगाडि नबढेको आरोप समेत लगाए।

त्यो बेला देखि नै कांग्रेस यस्ता सहयोगको पक्षमा छ। अमेरिकाले धेरै सहयोग गरेको छ नेपालमा । अमेरिका भनेको विश्वमा सबैभन्दा शक्तिशाली मुलक, विकासित मुलुक र सबैभन्दा धेरै आर्थिक सहायता पुर्‍याउने मुलुक हो। त्यही सन्दर्भमा आजभन्दा १३/१४ वर्ष अगाडी अमेरिकाले एमसीसी ल्यायो,’ नेता महतले भने ।

सबै सरकारले एमसीसी नेपाल ल्याउन प्रयास र पहल गरेको उनले बताए । उनले थपे,‘हुन त अहिलेको सरकार पनि यसलाई ल्याउने पक्षमा नै थियो । तर कम्युनिष्ट पार्टीभित्रै नै विरोध भयो । एकथरी नेता विलापमा लागे । अमेरिकाको सेना नै नेपाल आउँछ भन्छन् । यो आर्मी सम्झौता हो भन्छन् । यो कुरा सरासर झूट हो । अमेरिका र चीनको सम्बन्ध बिग्रेको छ । उसबाट ठूलो सहयोग लिँदा चीन रिसाउला भन्ने परेको होला ।’

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोलेका थिए।

अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको ¥याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो।

इलाम– कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरुपयोग भएको आरोप लगाउनुभएको छ।

सदरमुकाममा आयोजित पार्टीको विरोधसभामा उनले विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै अबको जिम्मेवारी पनि कांग्रेसले नै गर्ने बताए।

कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताए।

कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको ¥याली निकालेको थियो।

रसुवा –प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा सदैव खबरदारी गर्ने बताए।

सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले विरोधसभामा सम्बोधन गरेका थिए।

पर्सा– यहाँ आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति सरकार गम्भीर नभएको र यसलाई रोक्न सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने जानकारी दिए।

उनले संवैधानिक अङ्गलाई कमजोर नबनाउन र प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारलाई दबाब दिन कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको बताए।

कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतमा सम्पन्न भएको कोणसभामा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालगायतले अपराध तथा महँगी नियन्त्रण, किसानलाई मलखादको आपूर्ति र कोरोनाकालमा आमजनतालाई दिनुपर्ने आवश्यक सहयोग दिन सरकार चुकेको आरोप लगाए।

राष्ट्रिय झण्डाको दुरुपयोग भनी आपत्ति

सिद्धार्थनगर– पछिल्लो समय विभिन्न समूहले राजासंस्था ब्युँताउने भन्दै सडकमा नारा जुलुस निकालेको प्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन।

कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताले लडेर ल्याएको व्यवस्था सङ्घीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम वर्तमान सरकारले गरेको आरोप लगाए।

कांग्रेस नेता तथा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वर्तमान सरकारकै कारण सङ्घीय लोकतन्त्र खतरामा पुगेको आरोप लगाए।
कांग्रेसका नेता रामचन्द्र ढकालले राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै सरकारको आलोचना गरे।

उनले भने, “राजावादीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै सडकमा तमासा गर्दै हिँडेका छन् तर सरकार आँखा चिम्लिएर बसेको छ।”

कांग्रेस रुपन्देही सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सरकार जनपक्षीय हुन नसकेको बताए।

विरोधसभामा सांसद प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले सरकारको आलोचना गरेका थिए।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…