दैनिक पाँच लाख अण्डा उत्पादन हुने कुखुरा फार्म खुल्दै, दुई अर्ब लगानीमा बायोग्यास र जैविक मल पनि

काठमाडौं। दुई अर्ब लगानीमा ६ लाख लेयर्स(कुखुरा) फार्म, बायो ग्यास र अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित जनकपुर एग्रो फार्म स्थापना हुने भएको छ।

मेडिकल कलेजमा लगानी गर्दै आएका खुमाप्रसाद अर्याल, भेषराज अर्याल र शोभाकान्त ढकालको लगानी छ। यो फार्म स्थापना हुन लागेको हो। खुमाको भैरहवा मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा प्रत्यक्ष लगानी छ।

यो फार्मको शुक्रबार जनकपुरको धनुषाधाम नगरपालिका-९ मा शिलान्यास गरिएको छ। १२ बिघा जग्गामा फैलिएको यो फार्म एक वर्षभित्र संचालनमा आउने कम्पनीका संचालक ढकालले जानकारी दिए। ‘एक वर्षभित्र पहिलो चरणमा लेयर्स पाल्न सुरु गर्ने योजना बनाएका छौं,’ ढकालले बिजमाण्डूसँग भने, ‘दुई वर्षभित्र ६ लाख लेयर्स पालेर दैनिक पाँच लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखेका छौं।’ यो फार्म पूर्ण वातानुकुलित र स्वचालित हुने ढकालको दाबी छ।

‘यो पूर्णरूपमा टेम्प्रेचर कन्ट्रोल हुनेछ। दाना राख्नेदेखि अण्डा क्रेटमा राख्नेसम्म सबै स्वचालित हुनेछ,’ उनले भने, ‘उत्कृष्ट फार्म बनाउने प्रयास गर्नेछौ र, लेयर्स सेग्मेन्टमा सबैभन्दा बढी यही फार्म हुनेछ।’ अहिलेसम्म दुई लाख लेयर्स पाल्ने फार्म छ। त्यो पनि यही समूहको स्याङजामा रहेको छ।

यो फार्मलाई चाहिने दानाका लागि फार्मभित्रै उद्योग स्थापना गरिनेछ। ‘यति ठूलो फार्मका लागि दाना बाहिरबाट किन्ने भन्दा भित्रै प्लान्ट लगाउन उचित हुन्छ। त्यसैले दुई वर्षभित्र दाना उद्योग पनि स्थापना भइसक्छ,’ ढकालले भने।

यो बाहेक फार्मभित्र दैनिक तीन सय सिलिण्डर बायोग्यास उत्पादन हुनेछ। यो बायोग्यास औद्योगिक प्रयोजनमा बिक्री हुनेछ। एलपीजी भन्दा प्रभावकारी हुने भएकाले औद्योगिक प्रयोजनमा अहिले बायोग्यास प्रयोग बढ्दो क्रममा छ। एलपीजीभन्दा १० प्रतिशतले सस्तो पर्नुका साथै १५ प्रतिशतले प्रेसर (चाप) बढी बायोग्यासमा हुन्छ।

‘कुखुराको सुलीबाट बायोग्यास उत्पादन हुने भएकोले यो प्लान्ट लगाउन खोजेका हौं। हामीले स्याङ्जामा पनि बायो ग्यास उत्पादन गरेर बिजुलीको रूपमा प्रयोग गर्दै आएका छौं। तर यहाँ भने व्यवसायिक रूपमै सिलिण्डरमा हालेर बिक्री गर्न खोजेका हौं,’ ढकालले भने, ‘यो एलपीजी भन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने भएकाले व्यापकता पाउने विश्वास समेत लिएका छौं।’

यो बाहेक जैविक मलको प्रयोग बढ्दै गएकाले उत्पादनका लागि प्लान्ट लगाउन लागेको बताए। ‘हामीले आफ्नै ब्राण्डमा जैविक मल उत्पादन गरेर बिक्री गर्नेछौं,’ उनले भने। यो प्लान्टबाट दैनिक २० टन जैविक मल उत्पादन हुनेछ। यो फार्ममा कृषि विकास बैंक र नेपाल बैंकले ऋण लगानी गरेका छन्।

अस्थिर बजारमा जोखिम कति?

कुखुरापालन रोग र बजार मूल्यका कारण लगानी सधै जोखिममा रहन्छ। अहिले झन् कोभिडका कारण धेरै कुखुरापालक व्यवसायी र किसानले नोक्सानी ब्योहोर्नु पर्‍यो।

दुई अर्ब लगानीमा स्थापना गर्न लागिएको यो एग्रो फार्मका लागि जोखिम कति रहन्छ? ‘कुखुरापालनमा जोखिम नभएको होइन्। तर उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा नाफा/घाटा भन्दा पनि देशको अर्थतन्त्रलाई तात्विक रुपमा पार्ने फरकलाई हेर्नुपर्छ,’ ढकालले भने, ‘हामी चार्टर्ड एकाउन्टेन्ट समेत भएकाले ६ वर्षभित्र पे ब्याक हुने अनुमान गरेका छौं।’

उनका अनुसार नेपालीको प्रतिव्यक्ति अण्डा उपभोग छिमेकी मुलुक भारतकै तुलनामा समेत कम रहेकाले बजारको सम्भावना अपार छ। ‘हाम्रो अहिले अण्डाको प्रति व्यक्ति उपभोग ४४ गोटा मात्रै छ। भारतमै प्रतिव्यक्ति उपभोग ८० वटा छ,’ ढकालले भने, ‘धेरै कम पैसामा धेरै पोषण भएको अण्डाको खपत बढ्ने आधारमा पनि बजारको सम्भावना बढी छ।’

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…