विश्वकै लामो पुल भनेर दाबी गरिएको झोलुङ्गे पुलमा चोर पल्किए

राजन रेग्मी

बागलुङ । बागलुङ नगरपालिका—१ रामरेखा देखि पर्वतको कुस्मा नगरपालिका—१ पाङ जोड्ने लामो पुल निर्माण सम्पन्न भए पनि उद्घाटन हुन सकेको छैन ।

बागलुङ पर्वतका स्थानीयका लागि आवत जावत गर्न मात्र होईन पर्यटकीय गन्तव्यका लागि पनि महत्वपूर्ण मानिएको उक्त पुललाई आकर्षणको केन्द्र बनाउन बत्ती जडान गरिएको छ ।

तर पुलको उद्घाटन नहुँदे जोडिएका बत्ती तथा अन्य उपकरणहरु हराउन थालेका छन् ।

पुलमा जडान भएका ४ वटा बिजुलीका बल्भ लगायतका बिजुली स्टेशनको चाबी फोडी केहि बिजुलीका बल्बहरु चोरी भएको नगर रक्षक बिर बहादुर केसीले बताएका छन् ।

उनी भन्छन् ‘केहि दिन अगाडी रातको समयमा चोरी भएको हो । बिहान म रेखदेख गर्ने बेलामा आउँदा पावर स्टेशनको चाबी फोडिएको रैछ । भित्र आएर हेर्दा बल्भहरु थिएनन् । पछि पुल सफा गर्ने बेलामा हेर्दा पुलमा जडित बल्भहरु पनि थिएनन् ।’

उनले बागलुङ वडा नम्बर १ का वडा अध्यक्षलाई यस बारेमा जानाकारी दिएको बताएका छन् । बानपा—१ का अध्यक्ष दुर्गा बहादुर बोहोराले आफुले यसबारे नगर रक्षकबाट जानाकारी पाएको बताएका छन् ।

‘केहि दिन अगाडी मैले केही बिजुलीका बल्बहरु हराएको जानाकारी पाएको थिए, जिल्ला प्रहरीमा भनिन, सामुदायिक सेवा केन्द्रलाई जानकारी गराएको हुँ,’ उनले भने । रामरेखा पुलबाट चोरी भएको विषयमा रामरेखा सामुदायिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले आफुहरुलाई भने केहि जानाकारी नभएको बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद रेग्मीले चोरीको कुनै जानकारी नआएको बताए । ‘सार्वजनिक सम्पत्ती चोरी हुनु राम्रो कुरा होईन,’ उनले भने,‘यस सम्बन्धी हामीलाई कुनै जानकारी सूचना आएको छैन । जानकारी आएपछि अनुसन्धान अगाडी बढाईहाल्छौं ।’

नगर रक्षकले पुलबाट सामान हराएको बताईरहँदा बागलुङ नगरपालका नै यसबारे बेखबर छ । बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले आफुलाई यसबारे जानकारी नभएको बताए ।

पुलको औपचारिक रुपमा उद्घाटन नगरिए पनि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । पुल बनिसके पछाडी उद्घाटनको तयारी पनि कोरोनाका कारण उद्घाटन हुन सकेको छैन । विश्वकै लामो पुल भनेर दाबी गरिएको उक्त पुल केही महिना अगाडीबाट सर्वसाधरणका लागि खुल्ला गरिएको थियो । पुलको थानी/बिएलटी/हिमशिखर जेभीले ६ करोड ९१ लाखमा निर्माण गरेको थियो ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…