भाग्यले ठगेपछी : एन्जेलिना जोली बन्न खोज्दा दश वर्ष जेल चलान

चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै देखिने इरानकी एक युवतीलाई दश वर्षको जेल सजाय दिइएको छ।

टेक हिन्दुस्तानका अनुसार, १९ वर्षीय ‘इन्स्टाग्राम स्टार’ साहार तबारलाई उनको सामाजिक सञ्जाल गतिविधिका कारण पक्राउ गरिएको हो।

वास्तविक नाम फतेमेह खिसभान्द नामकी ती युवतीले मेकअप र इडिटिङ प्रयोग गरेर आफ्नै विकृत तस्बिरहरु सामाजिक सञ्जाल पोष्ट गर्थिन्। उनका तस्बिरहरु अभिनेत्री एन्जेलिना जोलीले खेलेको पात्रहरु जस्तै देखिएको प्रख्यात रहेको द गार्डियनले बताएको छ।

उनका ती तस्बिर र गतिविधिले नयाँ पुस्तामा नराम्रो प्रभाव पारेको र इस्लाम धर्मावलम्बीको सम्मान नगरेको आरोप लागेको हो।

तबारलाई अनुपयुक्त माध्यमबाट आय आर्जन गर्ने र युवाहरुलाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लगाइएको टेक हिन्दुस्तानको भनाइ छ।

रिर्पोटका अनुसार, तबारको मेडिकल रेकर्डहरुमा उनलाई मानसिक रोग रहेको र उनी मनोचिकित्सा अस्पतालहरु पनि गएको उल्लेख छ।

तर, तबारले भने आफ्नो रिहाइको लागि सुरु गरिएको अभियानमा एन्जेलिना जोलीलाई नै गुहारेकी छिन्।

यूएनएचसिआर गुडविलको राजदूत समेत रहेकी एन्जेलिना जोलीलाई अभियानमा आउनको आह्वान गर्दै तबारले भनेकी छिन्, ‘इस्लाममा महिलालाई पटकपटक यातना दिने इतिहास छ। हामी यसको विरुद्ध एकजुट हुन आवश्यक छ।’

तबारको एन्जेलिना जस्तो रुपमा प्लास्टिक सर्जरीबाट बनाइएको हल्ला छ। तर, उनी स्वयंले भने त्यो कुरा अस्वीकार गरेकी छिन्।

सन् २०१७ मा भएको एक अन्तर्वातामा उनले आफू एन्जोलिना जोली जस्तै देखिन प्लास्टिक सर्जरी नगरेको बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘हरेक पटक फोटो पोस्ट गर्दा म आफ्नो अनुहार अनौठो तरिकाको बनाउँछु। यो आफैंलाई अभिव्यक्त गर्ने एउटा कला हो। मेरा फ्यानहरुलाई थाहा छ कि यो मेरो प्लास्टिक अनुहार होइन।’

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…