देशमा सरकार विरोधी शक्तिहरु सल्बलाए : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजतन्त्र फर्किने सपना सपना नदेख्न राजावादीहरलाई चेतावनी दिएका छन् ।

सोमबार गृहजिल्ला चितवनमा पत्रकारहरुसंग कुरा गर्दै गृहमन्त्री बादलले संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका छन् ।

‘अहिलेको राजनीतिक शक्ति र व्यवस्था उल्ट्याउनका निम्ती उनिहरु शक्रिय भएका छन् । यो सन्दर्भमा राजाबादीका गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा आइरहेका छन्,’ उनले भने, ‘कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छ की भन्ने उद्देश्यले सरकार विरोधी शक्तिहरु सल्बलाएका छन् । आजको काँग्रेसको देशव्यापी प्रदर्शन पनि त्यही उद्देश्यले गरिएको हो, यी सबै मृगतृष्ण हन् ।’

उनले कांग्रेस, नेत्र विक्रम चन्द विप्लव र राजावादी सबै शक्ति व्यवस्था विरोधी भएपनि उनीहरुमा भिन्नता रहेको बताए । ‘राजाबादीहरु गणतन्त्र विस्थापित गरेर राजतन्त्र पुनस्थापना गर्न चाहान्छन ।

विप्लबहरुको उद्देश्य यो व्यवस्थाहरु बिस्थापित गरेर समाजबादी क्रान्ती गर्ने भन्ने हो’, उनले भने, ‘गणतन्त्र विरोधी होइनन् । नेपाली काँग्रेस सरकार विरोधी शक्ति हो । काँग्रेसले पनि सरकार बिस्थापित गर्ने अवसरको रुपमा लिएको र अहिले त्यही प्रकारका कृृयाकलापहरु गरिरहेका छन् ।’

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…