चीनले लद्दाखमा सैन्य तयारी बलियो बनायो, भूउपग्रहीय तस्वीरबाट भयो खुलासा

मो समयदेखि लद्दाख सीमामा भारत र चीनबीच गतिरोधको स्थिति रहेकोमा चीनले सैन्य तयारी बलियो बनाएको देखिएको छ ।

भूउपग्रहीय तस्वीर हेर्दा चीनले होटन एयरबेसमा परिवर्तन गरेको देखिन्छ । सिन्च्याङमा रहेको होटनमा चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको प्रमुख फाइटर एयरबेस छ ।

होटनमा भूमिगत स्वचालित कमान्ड र कन्ट्रोल सेन्टर बनाइएको भूउपग्रहीय तस्वीरले देखाएको छ । यहाँ पहिलोपटक वाई–२० स्ट्राटेजिक ट्रान्सपोर्ट एयरक्राफ्ट देखिएको छ । अतिरिक्त सेना तैनाथीको संकेत यसबाट पाइएको छ ।

काराकोरम पासबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको होटन एयरबेसले पूर्वी लद्दाखमा पांगोङ ताल वरिपरि भारतीय सेनाका लागि जोखिम उत्पन्न गर्ने देखिन्छ ।

भूमिगत संरचनाको आकार हेर्दा जमीनभन्दा निकै तल चिनियाँ वायुसेनाको सम्भावित मुख्यालय र कार्यसञ्चालन कक्ष हुन सक्ने देखिएको छ । त्यहँ गुप्तचरी केन्द्र पनि बनाइएको देखिन्छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…