‘समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टी कै काँधमा भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर शाहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “ हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यहि समाजवाद तिरको यात्राका लागि हुन् । समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”

अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “यो बेला पक्कै पनि चुनौतिहरु आउँछन् । ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ । कम्युनिष्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं ।”

उहाँले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पुरा गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभा सदस्य रही सकेकी शाहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन् । मानिसहरुको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने सहेछ ।’

पार्टीमा प्रवेश गर्दै नेतृ शाहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले सो पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले देशमा आएको जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गर्नुभयो ।

काठमाडौं महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य रहनुभएकी उहाँ विगतमा नेपाल विद्यार्थी सङ्घ पद्यकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध हुनुहुन्थ्यो । २०६२/०६३ सालको आन्दोलनमा चार पटक हिरासत बस्नुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उहाँ संविधानसभा सदस्य हुनुभएको थियो ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…