लेनदेनको विवादमा मुछिए नेकपा प्रवक्ता श्रेष्ठ के भन्छन् ?

काठमाडौँ  । नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै एउटा लेनदेनको विषयमा नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठ मुछिएका छन् ।

एक जलविद्युत् कम्पनीको सेयर विवाद मिलाउने विषयमा श्रेष्ठ र लामाबीचको छलफलको अडियो र भिडियो लामाको परिवारले सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठमाथि प्रश्न उठेका छन् ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषयमा छलफल भएको देखिन्छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम पनि उल्लेख छ । भिडियोमा कर्माचार्य र लामाबीचको सेयर विवाद मिलाउन श्रेष्ठले सुझाव दिएका छन् ।

प्रवक्ता श्रेष्ठले यसमा आफ्नो कुनै संग्लनता नरहेको र उनीहरुकै आग्रहमा विवाद मिलाउन सहजीकरण मात्रै गरिदिएको बताएका छन् । ‘म यसमा कुनै ढंगले आर्थिक लेनदेन वा योजनासँग सम्बन्धित हैन ।

कमानजीसँग मेरो कुनै लेनदेन पनि छैन । याम्लादिङ् हाईड्रोपावर योजना र कमानजीबीचमा समस्या आएपछि केही गर्न सकिन्छ कि भनेर मिलाइदिन खोजेको हो, त्यो पनि कमानजीको आग्रहमा ।

अहिले जे अडियो भिडियोको कुरा छ, त्यो छलफलमा तपाईंहरु मिल्नुस् भनेको हुँ,’ श्रेष्ठले भने, ‘त्यसबाहेक मेरो कुनै सम्बन्ध छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा भ्रष्टाचार र भ्रष्टीकरणविरुद्ध मैले जो संघर्ष गर्दै आइरहेको छु, त्यसलाई कमजोर बनाउन नियोजित प्रहारमात्रै हो ।’

स्रोतका अनुसार विवादको विषय बनेको याम्बालिङ हाईड्रोपावर लामा आफैंले दर्ता गरेका थिए । कर्माचार्यको टिमले हाइड्रोको दुई करोड ५० लाखको सेयर किनेको थियो ।

तर, पछि करिब तीन करोड बैंकको ऋण चुक्ता गर्नुपर्ने समस्या देखिएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइएको र त्यही ऋण मिलान गर्ने विषयमा कर्माचार्य र लामाबीच विवाद भएको थियो ।

विवाद नटुंगिएपछि लामा नेकपा अध्यक्ष पुष्पकमल दाहालकहाँ समेत पुगेका थिए । स्रोतका अनुसार दाहालले लामा र कर्माचार्यलाई दुई–तीनपटक सँगै राखेर विवाद मिलाउन सुझाव दिएका थिए । समस्या हल नभएपछि लामाले छोरामार्फत विवाद टुङ्ग्याउन कानुनी प्रक्रिया खोजेका थिए ।

लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको थियो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत हुँदा उनले यस विषयमा फेसबुकमा समेत लेखेका थिए ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…