नेपाली सेनाका अधिकृत थापाले रचे इतिहास, जिते बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

लण्डन। नेपाली सेनाका एक अधिकृत पिटर थापा बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित भएका छन्।
केहीबेरअघि बेलायती सेनाले सार्वजानिक गरेको विवरणअनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापाले यसबर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका हुन्।

यसरी बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार पाउने थोरै नेपालीमा थापा पर्न सफल भएका छन्। धेरैबर्षदेखि नेपाली सेनाका अधिकृतहरुले सर्वोत्कृष्ट स्थान हासिल गर्न प्रयास गर्दै आएको भए पनि उत्कृष्ट पुरस्कार हात पर्न सकेका थिएनन्। थापा नै नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत हुन पुगेका छन्।

हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लप्टनको फुली लगाइदिएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ।

एकबर्ष अवघिको यो कोर्समा नेपाली सेनाले स्वर्ड जितेको यो पहिलो अवसर हो। स्वर्ड त्यस्ता अधिकृतहरुले मात्र जित्छन् जसले सो महाविद्यालयमा त्यो बर्षको कोर्समा सर्बप्रथम बन्न सफल हुन्छन्।

नेपाली सेनाका तर्फबाट सन् १९९० को दशकमा पूर्वरथी कुलबहादु खड्काका छोरा प्रवीण खड्काले, सुधीर महरा र पूर्वसेनापति सत्चितसमशेर जबराका छोरा सदयसमशेर जबराले केन (सैनिक केन लठ्ठी) जित्न सफल भएका थिए। उत्कृष्ट हुनेहरुलाई प्रदान गरिन्छ भने स्वर्ड सर्वोत्कृष्टलाई हुने अधिकृतलाई।

सैनिक स्रोतका अनुसार, इतिहासमै पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ्ग जिल्लाका हुन्। उनी दुईबर्षअघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।

 

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…