ओलीलाई एकैपटक तीनवटा झट्का, वामदेवलाई अवसर

शनिबारको सचिवालय बैठक र भोलिपल्ट वामदेवसहित पूर्वमाओवादीका अन्य नेताहरुसामु देखाइएको असली रुपपछि खुमलटारले रामबहादुर थापा ‘बादल’ बाट आश मरेको निश्कर्ष निकालेको छ । अन्तिम समयमा बादलबाट धोका नहुने निश्कर्षविपरित बालुवाटारको पक्षमा खेलिएको भूमिकाले सम्भावित यु टर्नलाई सदाको लागि अन्त गरेको बताइन्छ ।

तर, बालुवाटारले अनुमान र आशा गरेभन्दा उपाध्यक्ष वामदेवको भूमिका फरक देखिनुको पछाडि भने यसअघि प्रधानमन्त्री र उनको किचेन क्याबिनेटबाट पाएको धोखाधडी र अपमानलाई कारक मानिएको छ ।

यसअघिका धेरैवटा राजनीतिक छालबाट केपी शर्मा ओलीलाई उम्काइदिएका गौतमले अहिले निभाएको भूमिकाको कारण फेरि एकपटक उनलाई गुमेको छवि उकास्ने अवसर प्राप्त भएको चर्चा छ । कुनै बखत बालुवाटारले गौतमलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रस्ताव गरे पनि पछिल्लोचोटि राष्ट्रिय सभाको सांसद नबनाउनेदेखि मन्त्री नदिनेसम्मको खेल र षडयन्त्र रचिएको उनले बिस्तारै चाल पाएको एकथरि बताउँछन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको साथ र सहयोगबिना राष्ट्रिय सभामा आफूलाई नलैजाने खेल खेलिएको ग्राण्ड डिजाइन समेत अनुभूत भएपछि गौतमले दुई दशकअघिको बिद्रोही रूप देखाएको नेताहरूको स्वीकारोक्ति छ ।

सचिवालयभित्रको छिनाझप्टी, बहस र ‘इस्युको ग्राभिटी’ लाई हेर्दा अब नेकपाको विवाद विष्णु पौडेलले सोचेर, बादलले बोलेझैं कार्यदल या अन्य कुनै टालटुलले रोकिने देखिन्न । यसरी सचिवालयबाट स्थायी समितिमा इस्यु जानै लाग्दा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई तीनवटा झट्का लागेको छ ।

पहिलो, पाँच जना सचिवालय सदस्यले आग्रह गर्दासमेत बैठक नै बोलाउँदिन भनेर देखाइएको अडान एक महिना नपुग्दै तोडिनु । दोस्रो, प्रचण्डले पेश गर्नुभएको प्रस्ताव खारेज हुन्छ, त्यसमाथि छलफल नै हुँदैन र त्यो नहुञ्जेल बैठक बस्ने त धेरै टाढाको विषय अर्का अध्यक्षसँग भेटघाटसमेत गर्दिनँ भन्दै आएको अवस्थामा क्रमभङ्ग हुनु ।

तमाम अडानका वावजुद प्रधानमन्त्री सचिवालय बैठकमा गई प्रचण्डको त्यही प्रतिवेदनमाथि टेकेर भए पनि ३८ पृष्ठको जवाफ दिनु । त्यो भनेको राजनीतिक भाषामा प्रचण्डको प्रतिवेदनलाई स्वीकार्नु हो ।

त्यसैगरी सचिवालयमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरूलाई स्थायी समितिमा कुनै हालतमा लैजान हुँदैन । फिर्ता हुनुपर्छ र सचिवालयबाटै समाधान गरिनुपर्छ ।

आफू सहमत नभएसम्म केहि हुँदैन भन्ने जुन दावी थियो त्यो पनि स्थायी समिति बैठकबाट खण्डित भएको छ । किनकि शनिबारको बैठक ओली अनुपस्थित बैठकले तय गरेको थियो ।

त्यही निर्णयबमोजिम बसेको बैठकमा उनको उपस्थिति भएको छ । भोलिपल्ट स्थायी समितिलाई सम्बोधन गर्दै तिमीहरु बस, म आउँदिन भनेर पत्र लेखिएको छ ।

सँधै आक्रामक स्थितिमा रहँदै आएका केपी शर्मा ओली क्रमशः रक्षात्मक अवस्थामा पुगेको विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै गएको छ । यता, बादलको भूमिकापछि पूर्व माओवादी समूहले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ ।

सचिवालयमा बादल सिंगो छन् भने स्थायी समितिमा उनीसँग नजिक भनेर चिनिएकाहरूमा पम्फा भुसाल र देव गुरुङको भूमिका बादलकोभन्दा एक सय असी डिग्री विपरित छ । आजको जनआस्थामा यो खबर छापिएको छ ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…