अमेरिकाले चीनविरुद्ध ‘हाइब्रिड वारफेयर’ तीव्र बनाउने, जारी गर्‍यो दस्तावेज

अमेरिकाको प्रस्तावित नेसनल डिफेन्स अथोराइजेसन याक्ट २०२१ मा चीनविरोधी थुप्रै प्रावधानहरू परेका छन् । यसबाट दुई देशबीचको तनाव तत्कालै मत्थर नहुने भनी पर्यवेक्षकहरूले चिन्ता व्यक्त गरेका छन् ।

यस ऐनमार्फत अमेरिकाले चीनविरुद्ध हाइब्रिड वारको योजना बनाएको देखिन्छ ।

अमेरिकी संसद्को तल्लो सदनको आर्म्ड सर्भिसेज कमिटीले ४५ सय १७ पेजको दस्तावेजको सारांश जारी गरेको छ जसमा चीनलाई रोक्ने नयाँ साधनहरूको चर्चा गरिएको छ । यस्ता साधनहरूलाई सैन्य, प्रतिगुप्तचरी, सूचनात्मक, आर्थिक, प्राविधिक र राजनीतिक वर्गमा विभाजन गरिएको छ ।

मुख्य कुरामा प्यासिफिक डिटरेन्स इनिसिएटिभ खडा गर्ने, चीनको औद्योगिक, अनुसन्धानमूलक तथा अन्य गुप्तचरी प्रयासलाई रोक्ने, चीनको कथित ऋणपासो कूटनीतिलाई सफल हुन नदिने, अमेरिकाको विश्वव्यापी आपूर्ति शृंखलाको पुनः संरचना गर्ने, चिनियाँ ५जी प्रणाली उपयोग नगर्न साझेदारहरूलाई दबाब दिने अनि हङकङ र ताइवानको मामिलामा हस्तक्षेप गर्ने लगायत छन् ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई घेराउ गर्ने अमेरिकी नीतिलाई यस प्रस्तावले तीव्रता दिने कुरा गर्छ ।

यसका लागि उसले सेनाको अवस्थितिमा सुधार ल्याउनका लागि खर्च बढाउनेछ । अनि अमेरिकाका क्षेत्रीय साझेदारहरूलाई समन्वय तथा संयोजन गर्नेछ ।

यसको अर्थ हुन्छ, क्षेत्रीय भूराजनीतिमा क्वाड अत्यन्तै महत्त्वपूर्ण अवयव रहनेछ ।

प्रतिगुप्तचरीको कुरा गर्दा रुसबाट गुप्तचरी आक्रमण भएको भनी चार वर्षअघि हल्लाखल्ला मच्चाइए जस्तै चीनविरुद्ध त्यस्तो हल्ला गरिन थालेको छ ।

ट्रम्प प्रशासनले यस सन्दर्भमा चीनका कथित गतिविधिको विषयमा हल्ला गरेको भए पनि दाबीलाई पुष्टि गर्ने विश्वसनीय प्रमाण प्रस्तुत गर्न सकेको छैन ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…