डीआईजी पोखरेल एआईजीमा बढुवा, अपराध अनुसन्धान विभागमा पदस्थापन थप सामग्री

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अत्तिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले हिमालखबरलाई बताए।

यसअघि गृहसचिव अध्यक्ष रहेको बढुवा समितिले एआईजीमा बढुवाका लागि सरकारलाई पोखरेलको नाम नै सिफारिस गरेको थियो।

बढुवा भएका एआईजी पोखरेललाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ। उनी यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए। रानीपोखरीमा अब एआईजीको दरबन्दी कायम गरिएको छ।

मन्त्रिपरिषद् बैठकले महानगरीय प्रहरी कार्यालय राखीपोखरीको प्रमुखमा एआईजी हरिबहादुर पालको सरुवा गरेको छ। पाल यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए।

बुधबारमात्रै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो।

गृहमन्त्रालयले ५ वटा डीआईजीको दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थप गरेको थियो। सोही समितिको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।

पोखरेललाई भावी महानिरीक्षक बनाउनेगरि एआईजीको दरबन्दी थप गरेर बढुवा गरिएको चर्चा छ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…