फ्रान्सले ल्यायो मुस्लिमलाई लक्षित गर्दै कडा कानुन

२५ मंसिर, काठमाडौं । फ्रान्सको क्याबिनेटले ‘कट्टर इस्लाम’लाई लक्षित गर्दै नयाँ विधेयक पारित गरेको छ । पछिल्लो समय अतिवादीहरुले गरेको विभिन्न आक्रमणको कारण फ्रान्सले यो कदम उठाएको हो ।

यो विधेयकमा होम स्कुलिङ र घृणा फैलाउने अभिव्यक्तिमा रोक लगाइने उल्लेख छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों लामो समयदेखि आफ्नो मुलुकमा धर्मनिरपेक्षको बचाउ गर्दै आएका छन् । यद्यपि आलोचकहरुले भने फ्रान्सले कुनै धर्मलाई लक्षित गरेको आरोप लगाउँदै आएका छन् ।

फ्रान्सका प्रधानमन्त्री जिन केस्टेक्सले यसलाई ‘संरक्षण दिने कानुन’ भएको बताएका छन् । यसले मुसलमानहरुको अतिवादबाट मानिसहरुलाई बचाउने उनको भनाइ छ । उनले यो कानुन कुनै पनि धर्म र मुसलमानको विरुद्धमा भने नरहेको बताएका छन् ।

फ्रान्सले ल्याएको नयाँ कानुनमा कुनै पनि मानिसको व्यक्तिगत जानकारीलाई गलत मनसायबाट प्रेरित भई इन्टरनेटमा उजागर गर्नमा पनि प्रतिबन्ध लगाउने उल्लेख छ ।

गत अक्टोबरमा फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन देखाएकोमा ४७ वर्षीय एक शिक्षकको हत्या भएको थियो । अनुसन्धानको क्रममा उनीविरुद्ध अनलाइन अभियान चलाइएको पाइएको थियो ।

यो कानुनमा बहुविवाहमा रोक लगाउने र बहुविवाह गर्ने मानिसलाई आवासको सुविधा नदिने उल्लेख गरिएको छ । साथै युवतीहरुको कुमारीत्व जाँच गर्ने डाक्टरमाथि पनि जरिवाना लगाउने उल्लेख गरिएको छ । फ्रान्सको यो कानुनको धेरै मुस्लिम राष्ट्रहरुले आलोचना गरेका छन् ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…